के आयो भाइरस यस्तो त्रास संसार भरी ।
बाहिर हिँड्न मुस्किल भयो रोग अनेक थरी ।।
अङ्कमाल, हात मिलाउने बानी छोड्नुपर्छ ।
अभिभावक टाढैबाट हात जोड्नु पर्छ ।।
बारम्बार सेनिटाइजर अनि साबुन पानी ।
प्रयोग गरौं सबले अब छोडौं अल्छी बानी ।।
भिडभाड र जमघटमा अब कम नै हिँडौं ।
दुरी कायम गरिकन बोटबिरुवा गोडौं ।।
परिवारसँगै बस्दा खुशी मन अति ।
कोरोनाको त्रास अझै होला कति कति ।।
अनलाइन कक्षामा हाम्रो भाछ पढाइ ।
गुरुहरु साथीसँग छलफल अघि बढाइ ।।
समयको खेल सँगै अघि बढौं हामी ।
बाबा, आमा, अग्रजको आज्ञा सधैं मानी ।।
एक्काइसौं शताब्दीको विकास सञ्चार राम्रो ।
त्यही भएर घरमै पढ्न पाउने भाग्य हाम्रो ।।
आशुतोष अधिकारी
कक्षा ः ८
बूढानीलकण्ठ स्कूल, काठमाडौं






