प्रा. भूपप्रसाद धमला २ भदौ २०७७, मंगलवार

 

बालबालिकासँगै खेल्दै

दिलखुस पार्दै हाँस्दै रम्दै

बाबा आमा अर्ति दिन्छन्

राम्रा राम्रा कुरा भन्छन् ।

 

नानी बाबु कुरा यता सुन

हाम्रा कुरा मन मन गुन

खुब सुन्दर देवदूत सरी

नाच खेल आँगन भरि।

 

नील गगनमा घाम जुन छन्

टल्की रहने तारा हुन् झन्

घाम जुन गगनमा रहेसम्म

तारा गगनमा टल्के सम्म।

 

सुन्दर बागका फूल सरी

फुल्नु फल्नु आँगन भरि

हरियो वनका मुना सरी

फैलिरहनु धरती भरि।

 

घमन्ड नगर बल बर्कतको

अभिमान नगर रूप रङको

गौरव गर ज्ञान विज्ञानको

प्रचार गर प्राप्त ज्ञानको।

 

२०७७ भाद्र ०२

कोटेश्वर, काठमाडौ

Top