विप्लव खनाल १९ भदौ २०७७, शुक्रवार

 

विद्या आर्जन गरौं साथी पुग्छौं माथि माथि ।
विद्या जस्तो ठूलो कुरा छैन माना पाथी ।।
सर्वश्रेष्ठ धन हो विद्या शास्त्रले नै भन्छ ।
लेखी पढी ठूलो मान्छे बन्ने मेरो मन छ ।।
आमाले झैं माया गर्ने काम गर्छ विद्या ।
बाबुले झैं रक्षा गर्ने काम गर्छ विद्या ।।
विद्या विना अन्धो पशु हुन्छ भन्छन् गुरु ।
समय खेर नफालौं साथी पढौं खुरु खुरु ।।
कक्षा ः ४
पिस जोन इन्टिग्रेटेड एजुकेशनल एकेडेमी
वालिङ ९, भुम्रे, स्याङ्जा

 

Top