गजल
अनेकौँ प्रश्न अगाडि निरुत्तर भएको छु
जल जमिन दुबै ठिक उभयचर भएको छु
कयौँ पटक रात आउँदा जीवनमा
थर्काएर बिहानीको प्रहर भएको छु
खुबै लोभ्याए पनि फूलका परागहरूले
आफै काँस फुलाएर बस्ने बगर भएको छु
मिसावट जीवन बाँचेर चलिरहेछ दुनियाँ
तटस्थ हेरी बस्ने म नजर भएको छु
दिलबिनाको मूर्ति सबैले पुजेको देखेर
एकाएक दिल फ्याँकेर पत्थर भएको छु ।
थाकेको तिम्रो काँधको भार, बोकिदिने मन छ । शरीरभरी लागेका घाउमा मलम...
जुरेलीको बचेरो आँगन छेउँ आएको झिल्के चुल्ठो जन्मँदै कसोरी हो पाएको ?...
जुन सङ्घर्षमा लड्यांै तिमी अविचलित भई सुन्दर संसार देखायौ जन्माई आफ्नो कोख...
कोरोनाको कहर खोस्यो सारा रहर मानिस सबै बिचरा हुँदै गए निराश ।...
किताब कापी देख्यो कि त दिक्क लाझर आउँछ पढ्न खोज्यो झुपुझुपु निद्रा...
कोरोना तिमी त शक्तिशाली भाइरस रहेछौ । आज विश्वले तिम्रो नामकरण कोभिड-१९...