बालसिर्जना संवाददाता २८ साउन २०७६, मंगलवार

 

भाइबहिनीहरू ! मान्छेको स्वास्थ्यमा असर पर्ने खालका विषादिको
प्रयोग दिन प्रतिदिन बढिरहेको छ । यति बेला भारतको बिहारमा बिषादि प्रयोग भएको लिची खाएकै कारण धेरै बालबालिकाले ज्यान गुमाएको समाचार आएको छ । भारतमा मात्रै होइन नेपालमा पनि फलफूल, तरकारी र अन्य खाद्य सामग्रीमा विषादिको प्रयोग बढिरहेको छ । यसले मानव स्वास्थ्यमा ठूलो हानी पु¥याइरहेको छ ।
भाइबहिनीहरू ! फलफूलमा विषादिको प्रयोग गर्नु भनेको असाध्यै ठूलो अपराध हो । किन कि तरकारीमा प्रयोग भएको विषादीलाई
पखालेर, पकाएर पनि केही मात्रामा कम गर्न सकिन्छ तर फलफूल त सोझै खाने चलन छ । यसले मानव स्वास्थ्यमा ठूलो असर पु¥याउँछ । बालबालिकाहरू फलफूल देख्ने बित्तिकै त्यसलाई धुनुपर्छ भन्ने कुराको ख्याल गर्दैनन् । हेर्दा राम्रो देखिएपछि उनीहरूले तुरुन्तै खान खोज्छन् । यसरी खाएपछि विषादिले असर गरिहाल्छ । विषादिले बालबालिकालाई मात्र होइन सबै उमेरका मानिसलाई असर गर्छ । सरकारले खाद्य सुरक्षाका लागि अनेकथरी काम गर्ने बताइरहँदा कृषकहरू भने कुररी छिटो मुनाफा पाइन्छ भन्ने तिर मात्रै ध्यन दिन्छन् त्यसैले गर्दा दिनप्रतिदिन विषादिको प्रयोग बढ्दै गइरहेको छ । यसको प्रयोगलाई बन्द नगर्ने हो भने मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने निश्चित छ ।
भाइबहिनीहरू ! हामीले कहिल्यै पनि फलफूल, तरकारी र अन्य धुन वा पखाल्न मिल्ने खाद्य सामग्रीलाई सकेसम्म पखालेर खाने गर्नुपर्दछ । राम्रो देखिने फलफूलहरू सबै पाकेर राम्रा भएका हुँदैनन् त्यसमा विषादि प्रयोग गरेर राम्रो देखिने पनि बनाएका हुन्छन् भन्ने ख्याल गर्नु पर्छ है !

Top