कात्तिक १२ गते मङ्गलबार भाइटीकाको साइत सार्वजनिक
काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए। कात्तिक १२ गते मङ्गलबार बिहान ११:५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए। कात्तिक १२ गते मङ्गलबार दिनभर टीका...बाँकी
शैक्षिक वर्ष २०७५/७६ मा एमबिबिएस र बिडिएसका लागि शुल्क बृद्धि नगर्ने सम्बन्धी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५/०६/२६ को निर्णय
(क) चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह एमबीबीएसका लागि शैक्षिक वर्ष २०७५/७६ मा उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार एवम् बिडिएसतर्फ रु १९ लाख ३२ हजार ६ सय १२ कायम गर्ने र शैक्षिक वर्ष २०७६/७७ का लागि मात्र राष्ट्र बैँकद्वारा प्रकाशित...बाँकी
नेपालबाट दिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना, दुई दर्जन घाइते
बुटवलबाट भारतको नयाँ दिल्लीको सरौलीनगरका लागि छुटेको नमस्ते सुपा देउराली ट्राभल्स प्रालिको बस भारतको लखनऊमा दुर्घटना भएको छ । युपी १७ एटी ४७५५ नम्बरको भारतीय नम्बर प्लेटको बस बुटवलबाट शनिबार साँझ ५ बजे छुटेकोमा आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको...बाँकी
‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना माघ १ देखि
केन्द्रीय तथ्यांक विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने जानकारी गराएको हो। सही तथ्यांक ल्याउने उद्देश्यका साथ सो नमूना जनगणना गर्ने गरी २०७८ सालको राष्ट्रिय जनगणनाको नमूना जनगणनाको कामलाई सुरू गर्न लागिएको पनि विभागका निर्देशक ढुण्डीराज लामिछानेले...बाँकी
बहुप्रतिक्षित नागढुंगा शिलान्यास सुरुङमार्ग हुर्ने
बहुप्रतिक्षित नागढुंगा सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शिलान्यास गर्ने भएका छन्। सुरुङमार्ग निर्माण परियोजनाका अनुसार नागढुङ्गाको टोटेपाखामा दिउँसो साढे दुई बजे एक कार्यक्रमकाबीच प्रधानमन्त्रीले सुरुङमार्गको शिलान्यास गर्ने भएका हुन्। जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङमार्गका लागि गत असोज ६ मा एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग...बाँकी
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटायो आयल निगमले
नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ। निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो। निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए। अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ...बाँकी
“कवितामा बा” कविता सङ्ग्रहको लोकार्पण
भदौ १४, स्याङ्जा, वालिङ पितृभक्तिमा आधारित कविता सङ्ग्रह “कवितामा बा” को लोकार्पण वालिङ बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भयो । कृतिको लोकार्पण माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल र ९१ वर्षीय वृद्ध समाजसेवी तुलसीराम पंगेनीले एकसाथ गर्नु भएको थियो । कृतिको लोकार्पण गर्दै प्रमुख...बाँकी
बालबालिकाकाे संरक्षणमा नयाँ नेपाल समाज केन्द्र
नयाँ नेपाल समाज केन्द्रको स्थापना वि.सं. २०६५ सालमा स्थापना भएको हो । काठमाडौंको बानेश्वरमा रहेको यो संस्थाले शुरुका दिनमा असाध्यै दुःख कष्ट भोग्नु परेको थियो । संस्थापक केदारनाथ गुरुङ भन्नु हुन्छ –‘‘शुरुमा अत्यन्तै गाह्रो थियो । बानेश्वरको घना वस्तीको बीचमा हामीले शुरुवात गरेका हौं । समुदायसँग सहकार्य गरी...बाँकी
सरल बालसाहित्यकार मुक्तिनाथ शर्मा नेउपाने
बालसाहित्यकार मुक्तिनाथ शर्मा नेउपाने हामी सबैले सुनेको नाम हो । उनी वि.सं. १९९६ सालमा लमजुङ जिल्लाको खुम्रुकमा जन्मिएका हुन् । उनका पिताको नाम खडानन्द शर्मा र माताको नाम रुक्मिणीदेवी हो । मुक्तिनाथ शर्मा नेउपानेले नेपाली साहित्यका धेरै विधामा कलम चलाएका छन् । अनुवाद कलामा पनि उनी सिपालु छन्...बाँकी
राष्ट्रिय विभूति अमरसिंह थापा
नेपालको सीमाना फराकिलो बनाउने व्यक्तिमा अमरसिंहको नाम सबैभन्दा अगाडि आउँछ । उनले नेपालको सीमाना बढाएर देहरादूनसम्म पु¥याएको थिए । काँगडालाई पनि आफ्नो बनाउने दाउ उनको थियो । त्यसैबेला नेपाल र अंग्रेजको बीचमा लडाई शुरु भयो । अंग्रेजहरूसँग ठूलो फौज र धेरै हातहतियार थिए । यसो भए पनि अमरसिंह...बाँकी





