आंशिक प्राध्यापक संघले खोल्यो त्रिविको ताला
असार २२ गते त्रिवि सभाको आयोजना गरिएकाले त्यसका लागि ताला खोलिएको संघले जनाएको छ । संघका अध्यक्ष गोकुल लिम्बु, सहअध्यक्ष राजेन्द्र आचार्य र महासचिव बैकुण्ठ थापाले ताला खुलाएका हुन् । संघले जेठ ३० गते ताला लगाएको थियो । जेठ १४ गते नेविसंघबाट निर्वाचित स्ववियु अध्यक्षहरुले लगाएको ताला भने खोलिएको छ । आंशिक...बाँकी
सभामुखले शिक्षामन्त्रीलाई सोधे- शिक्षा विधेयक कहिले आउँछ ?
२० असार, काठमाडाैं । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकबारे चासो राखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई भेटेर सभामुख घिमिरेले चासो राखेका हुन् । ‘सभामुखले शिक्षा विधेयक कहिले आउँछ भनेर सोध्नुभयो, यही महिनामा आउँछ भनेको छु,’ मन्त्री पन्तले भने । शिक्षा, विज्ञान तथा प्रविधि समितिमा विधेयक...बाँकी
पूर्वाञ्चलको उपकुलपतिका लागि अाफ्नै कार्यविधि विपरित २७ चैतबाट प्रस्तुतीकरण
१८ चैत, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा रिक्त रहेकाे उपकुलपति पदका लागि २७ चैतबाट उम्मेदवारहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुने भएको छ । उपकुलपतिको नाम सिफारिश गर्न गठित छनोट समितिका अनुसार १७ जना उम्मेदवारको २७, २८ र २९ चैतमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्तुतीकरण हुनेछ । तर...बाँकी
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदको लागि १८ जनाको आवेदन
९ फागुन, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदको लागि १८ जनाको आवेदन परेको छ । पूर्वाञ्चल विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिका लागि आवेदन दिने १८ जनाको नामावली विवरण सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको संयोजकत्वमा बनेको उपकुलपति छनोट तथा...बाँकी
टेलिभिजन सञ्चालकको ‘कब्जा’ मा जनस्वास्थ्यविद् डा. शरद वन्तको घरजग्गा
१०० वर्षकी सूर्यकुमारी वन्तलाई निद्रा पर्दैन। उनको निद्रा बिथोल्ने उमेर वा दीर्घ रोग भने होइन, सम्पत्ति कब्जा गर्ने एउटा समूह हो। २०७८ भदौ महीनाको कुरा हो। कोभिड-१९ महामारीको कारण पहिले भाडामा बसिरहेका मानिस सरेपछि वन्तको घर खाली थियो। एक रोपनी तीन आना क्षेत्रफलमा रहेको घरजग्गा वन्त परिवारले बेच्न...बाँकी
भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने
आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुने छ । २० माघ, काठमाडौं । आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा...बाँकी
५ वर्षभित्र ११ हजार ७६९ मेगावाट उत्पादन, ५५ सय मेगावाट निर्यात
२७ पुस, काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र झण्डै १२ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न लक्ष्य राख्दै आवधिक योजना तयार पारेको छ । राष्ट्रिय योजना आयोगले बनाएको १६ औं पञ्चवर्षीय योजनाको मस्यौदा अनुसार आर्थिक वर्ष (आव) २०८५/८६ सम्म ११ हजार ७६९ मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ ।...बाँकी
नारायणगढ मुग्लिन सडक पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने
३० मंसिर, चितवन । नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले...बाँकी
कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा
२ मङ्सिर, चितवन । स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले पहिलोपटक यस किसिमको सम्मेलन यहाँ गर्न लागेको...बाँकी
तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो
२० कात्तिक, काठमाडौं । १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको...बाँकी





