कानुन मिचेर १ खर्ब ३२ अर्ब खर्च भयो, सुशासन खै त ?
गएको आर्थिक वर्षभर सार्वजनिक क्षेत्रमा भएको कुल खर्चमा कानुन मिचेर १ खर्ब ३२ अर्ब खर्च भएको छ। महालेखा परीक्षक कार्यालयको ५७ औं प्रतिवेदनमा २०७५ सालको साउनदेखि २०७६ सालको असार मसान्तसम्म कानुनले तोकेविपरित भएको खर्चको आँकडा निकालिएको हो। बेरुजु भनिने यस्तो अनियमित खर्चलाई महालेखाले विभिन्न वर्गमा राखेर औंल्याउने गरेको...बाँकी
भोलिदेखि अनलाइन कक्षा भोलिदेखि बन्द
निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्। नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन्। उनीहरूले अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा राख्ने उल्लेख गरेका छन्।...बाँकी
साउन १ गतेदेखि विदेशी च्यानलमा क्लिनफिड (विज्ञापनरहित) नीति लागू गर्न सरकारसँग माग
२८ असार, काठमाडौं । सञ्चारसम्बन्धी विभिन्न संघ संस्थाहरुले आउँदो साउन १ गतेदेखि विदेशी च्यानलमा क्लिनफिड (विज्ञापनरहित) नीति लागू गर्न सरकारसँग माग गरेका छन् । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त ज्ञापनपत्र बुझाउँदै नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रशारक संघ (अक्युराव), ब्रोडकाष्टिङ एशोशिएसन अफ...बाँकी
चाकडीको मनोविज्ञान
विकाशोन्मुख देशमा पद्धतिमा भन्दा नाता र चाकडीमा विश्वास गर्ने समुदायको संख्या बढी छ । यसैले भनसुनका आधारमा मात्र काम हुने अवस्था यी देशहरुमा रहन्छ । नियम र पद्धतिका कारण सम्पन्न हुन नसक्ने काम पनि चाकडीका कारण हुन सक्ने भएकाले मानिसहरु अनेक किसिमका नाता र सम्बन्धहरु जोडेर आफ्ना...बाँकी
ज्योति विकास बैंकको सीईओ मा श्रीचन्द्र भट्ट नियुक्त
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् ।बैंकको सञ्चालक समितिको बैठकले आगामी ७ साउनदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरेकाे बैंकले जनाएकाे छ । नेपाल इन्भेस्टमेन्ट बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका भट्टको बैंक, बीमा र रेमिट गरी आर्थिक क्षेत्रमा २ दशकभन्दा बढीको अनुभव छ । नवनियुक्त...बाँकी
त्रिविले अनलाइनबाट आईएसबीएन दिन थाल्यो
२५ असार । काठमाडौँ — त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अनलाइनबाट आईएसबीएन (इन्टरनेसनल स्टान्डर्ड बुक नम्बर) दिन सुरु गरेको छ । नेपालमा तेह्र अंक (डिजिट)को आईएसबीएन प्रदान गरिँदै आइएको छ । उक्त पुस्तकको आईएसबिएन ‘९७८–९९३७–९९९८–१६’ रहेको छ । त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले बिहीबार ‘ए टेक्सट बुक अफ हायर सेकेन्डरी...बाँकी
सिन्धुपाल्चोकमा बाढी पहिराेमा परी दुईको मृत्यु, १८ जना बेपत्ता
२५ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् । प्रदेश नं. ३ प्रहरी प्रमुख डीआईजी वसन्त लामाका अनुसार उनीहरुको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।...बाँकी
छोटो दूरीमा मात्र सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा पनि बढ्यो
२५ असार, काठमाडौं । मन्त्रिपरिषद्को पछिल्लो बैठकले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार...बाँकी
कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने ः डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्त्यमा मंगलबार कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ । यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो । डब्ल्यूएचओले कोभिड–१९ महामारीसँग सम्बन्धित टेक्निल लीड डाक्टर मारिया वा केरखोवले एक पत्रकार सम्मेलनमा भने, ‘हामी हावामार्फत् कोरोना भाइरस...बाँकी
नेपाल प्रहरीकाे नयाँ आइजिपीमा शैलेश थापा क्षेत्री नियुक्त
नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्। शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश...बाँकी










