कर्मचारी समायोजन मुद्दामा सर्वोच्चले फैसला सुनायो
कर्मचारी समायोजनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मंगलबार फैसला अन्तिम फैसला सुनाएको छ । समायोजन अन्यायपूर्ण भएको भन्दै कर्मचारीहरुले दायर गरेको रिटमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला सुनाएको छ । संवैधानिक इजलासले समायोजनसम्बन्धी ९८ मुद्दामा मंगलबार निर्णय सुनाउने...बाँकी
बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई आजदेखि फाइजर खोप दिइँदै
५ भदौ, काठमाडौं । ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो । यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप...बाँकी
नेपाली कांग्रेसका बाैद्धिक नेता प्रदीप गिरिको निधन
४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका...बाँकी
‘पानीफोटो’ असफल हाेइन : हामीले गम्भीर विषयका फिल्मलाइ वास्ता गर्न छाेडेछाैँ क्यार
रिलिजअघि ‘हाइप’ बटुलेको फिल्म पानीफोटोले अपेक्षित ओपनिङ गर्न नसकेकाे स्वीकार गर्नु पर्छ । तर गम्भीर फिल्मप्रति दर्शकको आकर्षण नहुनु भनेकाे गम्भीर विषय हाे । ‘पानीफोटो’अघि रिलिज भएका उस्तै जनराका दुई फिल्म चिसो मान्छे र दोखले पनि आफूलाई सफल तुल्याउन सकेनन् । ‘पानीफोटो’को अंकगणितीय असफलताले प्रदर्शनको तयारीमा रहेका ‘प्रकाश’...बाँकी
संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै राप्रपा
संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघरदेखि नयाँ बानेश्वरसम्म राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति...बाँकी
देउवा सरकारका नवनियुक्त मन्त्री
२२ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्रीले विस्तार गरेको मन्त्रिपरिद्मा बालकृष्ण खाँडले गृह, ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय मामिला तथा सामान्य प्रशासन र विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी अर्थमा जनार्दन...बाँकी
सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ, ४४ करोड ठगीको उजुरी
पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।...बाँकी
कम्युनिष्ट कन्हैया किन छिरे कांग्रेस ?
१३, असोज, काठमाडौं । केही समय अघिदेखिको चर्चा र हल्लालाई सत्य सावित गर्दै भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का नेता कन्हैया कुमार मंगलबार कांग्रेस पार्टीमा प्रवेश गरे । कन्हैयाले सत्तामा रहेका केही मानिसले मुलुकको भविष्य बिगार्ने प्रयास गरिरहेका छन् भन्ने महसुस भएकोले...बाँकी
बञ्चरेडाँडामा स्थानीयले फोहोर लैजान नदिने
२ असोज, काठमाडौं । काठमाडौंको फोहोर बिसर्जनका लागि तयार पारिँदै आएको बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सरकारले तयारी गरेको छ । तर, सबै संरचना बनिनसकेको भन्दै त्यहाँका स्थानीयले आपत्ति जनाएका छन् । सरकारी निकायहरुले बञ्चरे डाँडामा फोहोर बिसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएपछि आवश्यक संरचना नै...बाँकी
विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने : काठमाडौं प्रशासन
जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने आदेश जारी गरेको छ । यदि पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ । साथै विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन...बाँकी




