बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

 

बिद्यार्थीका निम्ति तयारी सबैभन्दा महत्त्वपूर्ण कुरा हो । तयारी प्रक्रियाले बिद्यार्थीलाई आइपर्ने कठिनाइ, दुःख, कष्ट आदिलाई सहन गर्न सक्ने उर्जा दिन्छ । बिद्यार्थी जीवनमा दुःख कष्ट आइपरे पनि ती सबैलाई तयारी गरेर अघि बढ्ने बानीले ओझेलमा पारिदिन्छ ।

आफुले गरेको कामलाई निखार्ने र तिखार्ने काम तयारीले गर्छ । भुत्ते हतियारमा धार लगाउनु पनि तयारी हो । तयारीले जस्ता अप्ठ्यारालाई पनि पन्छाएर अघि बढ्न मद्दत गर्दछ । अध्ययन अनुसन्धानका क्रममा तयारी भएन र तयारी पुगेन भने त्यो सफल हुन सक्दैन । तयारी विना त कुनै काम पनि सफल हुँदैन । भविष्यमा डाक्टर, पाइलट, इन्जिनियर, साहित्यकार, राजनीतिज्ञ, समाजसेवी आदि जे सुकै बने पनि जस्तो सुकै सपना बुने पनि बिना पूर्व तयारी ती सबै व्यर्थ हुन्छन् ।प्रशस्त तयारी नगरिकन किसानले अन्नबाली उब्जाउन सक्दैन ।

तयारी बिना बिद्यार्थीले परीक्षामा सोंचेजस्तो अंक ल्याउन सक्दैन । भगवानसँग प्रार्थना गरेकै भरमा विना तयारी कुनै पनि काममा सफलता प्राप्त गर्न खोज्नु भनेको मुर्खता मात्रै हो । जुनसुकै कुरामा उपयुक्त किसिमले तयारी गर्ने बानी बसाल्ने हो भने भविष्यको बारेमा चिन्ता लिनै पर्दैन । भविष्य त आफैं उज्ज्वल बन्दछ ।

Top