बालसिर्जना संवाददाता २२ भदौ २०७६, आइतवार

friendship
 

दुःख पर्दा साथ दिने सुख परे हाँस्ने ।
मलाई साथी चाहिएको मीठो माया गाँस्ने ।।

सानो तिनो झगडामा रिसाउँदैन जस्ले ।
त्यस्तो प्यारो मान्छेलाई खोजिदिन्छ कस्ले ।।

साथी भन्दा रमाइलो अरु केही छैन ।
दुईदिनको जिन्दगी हो सधैं बाच्ने हैन ।।

साथी छैन केही छैन संसार हुन्छ रित्तै ।
लिनु दिनु केही हुन्न माया बस्छ सित्तै ।।

हुन्नन् हेर इष्टमित्र साथी भन्दा माथि ।
सबै भन्दा प्यारो मान्छे हुन्छ साच्चै साथी ।।

दीनदयाल रेग्मी

Top