बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

debate
 

(चमेली र आकृति आफ्नै घर नजिकैको बगैंचामा बसेर कुराकानी गरिरहेका छन्)
आकृति : तेरो त नाम पनि चमेली काम पनि चमेली फूलको स्याहार गर्ने कस्तो मिलेको है ।
चमेली : –खितित्त हाँस्दै) तैंले के भन्न खोजेकी होस् भन् त ?
आकृति : आजै देखि यसरी फूलको स्याहार सुसार गर्दै छस् । यी विरुवा हुर्केपछि त जताततै बासनै बासना होला नि चमेली फूलको ? अनि त भमराले मौरीले घेर्लान् नि !
चमेली : यो पनि के के बोल्छे बोल्छे । बोल्न पाएँ भन्दैमा जे मन लाग्यो बोल्न हुँदैन के ।
आकृति : (हाँस्दै) कहाँ गयो मौरीको रानो ,चमेली फूलको सुगन्ध छोडेर
चमेली : फलफूलको विरुवा लगाउँदा त वातावरण सफा हुन्छ । घर वरिपरि रमाइलो हुन्छ । देवताले पनि फूल फुलेको, जताततै सुगन्ध फैलिएको ठाउँमा बस्न मन पराउँछन् रे । अनि फूल नभइकन त देवताको पूजा पनि कहाँ हुन्छ र ?
आकृति : (यता उता हेर्दै ) आहा चमेली ! तेरो घरमा सबै थरी फलफूलका बोटविरुवा लगाएका रहेछौ । सबै तैंले नै लगाएको हो ?
चमेली : होइन । मेरो हजुर बुबा, बुबा, आमा सबै मिलेर लगाएको हो । मैले मात्रै यति धेरै काम कहाँ गर्न सक्छु र !
आकृति : फलफूल बेचेर त तिमीहरूले धेरै नै पैसा कमाउँछौ होला नि ?
चमेली : त्यही पैसाले त मैले किताब, कापी, कलम किन्छु । घरको सबै खर्च आमाले त्यसैले चलाउनु हुन्छ । भाइबहिनीलाई पढाउनु हुन्छ ।
आकृति : तिमीहरूले त फलफूलबाट कति धेरै पैसा कमाउँदा रहेछौ हगि ?
चमेली पैसा मात्र कहाँ हो र ! यसबाट त सबै मानिस स्वस्थ रहन सक्छन् । सुगन्धी हावा चल्छ । वातावरण पनि स्वच्छ सफा भएको छ । आफूलाई मनलागेको फलफूल खान पाएका छौं । बजारमा किनेको बासी र सडेगलेका तरकारी र फलफूल खानु परेको छैन ।
आकृति : चमेली तैले त नेताले जस्तै भाषण गर्न सिकिछस् नि !
चमेली : यो भाषण होइन आकृति । यो त वास्तविक कुरा हो । तैले ख्याल ख्याल सम्झेकी ?
आकृति : होइन चमेली । मलाई तेरो कुरा साह्रै मन प¥यो । म त आजै घरमा गएर बाबा र आमालाई तैंले गरेको कुरा सुनाउँछु र म पनि तैले जस्तै काम गछु ।
चमेली : ओहो ! हामी त गफमा धेरै बेर पो भुलिएछ । मेरो त गृहकार्य गर्न बाँकी छ । अब जाउँ है आकृति ?
आकृति : हो त नि । जाउँ जाउँ ।
(दुवै जना त्यहाँबाट उठेर जान्छन् )

Top