बालसिर्जना संवाददाता २४ भदौ २०७६, मंगलवार

new bag
 

भाइबहिनीहरू ! पुरानो कक्षाबाट नयाँ कक्षामा जाने बेला आयो । परीक्षामा धेरै धेरै अङ्क ल्याएर अभिभावकको माया र स्नेहलाई अँगालो भरी बोकेर माथिल्लो कक्षामा जाँदाको मजा नै अर्कै हुन्छ । अझ त्यसमाथि नयाँ झोला, नयाँ किताव कापी, नयाँ कलम, नयाँ पोशाक, नयाँ जुत्ता थपिँदा त झन् खुशी भइन्छ । अभिभावक पनि आफ्ना छोराछोरीले राम्रो अङ्क ल्याएर पास भएको कुरा सबैलाई सुनाइरहेका हुन्छन् । आफ्ना बालबालिकाले गरेको प्रगति सुनेर सबै जना खुशी भैरहेका हुन्छन् । अब कुन स्कूलमा पढ्ने, कति कक्षामा जाने भनेर सबै जनाले सोधेका हुन्छन् ।
भाइबहिनीहरू ! हामीले नयाँ कक्षामा जाँदा र नयाँ झोला बोक्दा जति रमाइलो लाग्छ नि त्यत्तिकै अब नयाँ कुरा सिक्न पाइने भयो भनेर पनि खुशी हुनुपर्छ है । नयाँ कक्षामा जानु भनेको नयाँ ज्ञानका लागि अगाडि बढ्नु भनेको हो ।

 

Top