बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

Rajendra prasad
 

स्वतन्त्र भारतका प्रथम राष्ट्रपति राजेन्द्रप्रसाद हुन् । उनी सानै उमेरदेखि अति तीखो बुद्धिका थिए । उनका आमा कम्लेश्वरी देवी धार्मिक प्रकृतिकी थिइन् भने बाबा महादेव शाही संस्कृत भाषाको ज्ञाता ।
राजेन्द्रले सन् १९१५ मा कानून विषयमा गोल्ड मेडल प्राप्त गरेका थिए । त्यसपछि उनले सर्वोच्च अदालतमा काम गरे । सन् १९११ मा उनी भारतीय नेशनल काँग्रेस पार्टीमा औपचारिक रुपमा प्रवेश गरेका थिए ।
उनी विद्यालयदेखि विश्वविद्यालयसम्म जहिले पनि प्रथम भए । विश्वविद्यालयमा पढ्दाको अवस्थामा घटेको उनीसँग सम्बन्धित एउटा अत्यन्तै रोचक प्रसङ्ग छ । उनी पढेको कक्षामा अरु कोही कसैले पहिलो हुनै पाएनन् । राजेन्द्रप्रसादपछि दोस्रो हुने विद्यार्थी पनि ज्यादै मेहनती थिए । उनको त्यो मेहनत देखेर उनका बा पनि ज्यादै खुशी थिए । तर प्रथम हुन नसकेकामा भने उनलाई चिन्ता थियो । ती विद्यार्थी धनी महाजनको छोरा थिए । मास्टर डिग्रीमा पुगेपछि उनका बाले सोंचे –‘यसमा त मेरो छोरा जसरी पनि प्रथम हुनै पर्छ ।’

उनले राजेन्द्रप्रसादलाई प्रथम हुन नदिने योजना बनाउन थाले । नभन्दै परीक्षाका दिन राजेन्द्रप्रसादलाई भुलाउन उनी हिँड्ने बाटोमा एउटी राम्री केटी खटाए । ती केटीले राजेन्द्रप्रसादलाई एक घण्टा बाटामा भुुलाइदिइन् । एक घण्टापछि उनलाई म त परीक्षा दिन पो हिँडेको छु भन्ने झल्याँस्स याद आयो । परीक्षाका लागि थोरै मात्र समया बाँकी थियो । त्यही थोरै समयभित्र उनले सबै प्रश्नहरूको जवाफ दिइसक्नुपर्ने थियो, जुन कुरा सम्भव नै थिएन । त्यस कारण उनले बडो चलाखी पूर्वक ती प्रत्येक प्रश्नको उत्तर फलाना पुस्तकको फलाना अनुच्छेदमा छ भनेर लेखे र एक घण्टा समय बाँकी रहँदै उनी कापी बुझाएर परीक्षा हलबाट बाहिरिए । नतिजा आउँदा त राजेन्द्रप्रसाद नै प्रथम ।

–ताली भ्या

Top