शब्द, व्यवहार आचरणमा अहिंसा देखाने, अहिंसाकै चिन्तन गर्ने गर्दा मनवचन कर्म शुद्ध रहन पुग्छन् र आत्मिक सन्तोष पनि प्राप्त हुन्छ । संस्कृत साहित्यका महाकवि कालिदासले धर्मसाधनका लागि शरीरलाई माध्यम बनाउने कुरा ‘कुमारसम्भवम्’ काव्यमा उल्लेख गर्नुभएको पाइन्छ । शरीरलाई पौष्टिक पदार्थले मात्र पुग्दैन, मनको स्वास्थ्य र आत्मिक आनन्दको प्रयास पनि उत्तिकै जरुरी छ । शरीर स्वस्थ रहे मन स्वस्थ रहन्छ र मनस्वस्थ भए मात्र शारीरिक स्वास्थ्य ठीक हुन पुग्छ । आहार शुद्धीले शरीर शुद्ध हुन सक्छ । शुद्ध शरीर, शुद्ध मनवचन र कर्मका लागि सहायक हुनसक्छ । योग, प्राणायाम, व्यायामका लागि पनि शुद्ध भोजनको आवश्यकता पर्दछ । स्वस्थ शरीर नै स्वस्थ मनको र धारणाको आधार बन्दछ भन्ने सोचेर नै महाकवि कालिदासले धर्म साधनको माध्यम स्वस्थ शरीर मानेर आफ्ना अभिव्यक्ति राख्नु भएको हो ।
शाकाहारले दया, मैत्री, श्रद्धा, प्रणय र सत्यको सम्मानमा व्यक्तिलाई प्रभावित पार्दछ । सत्य बोल्ने मात्र होइन कि, प्रिय वचन बोल्ने पनि अभीष्ठ गुण ठानेर विश्वकल्याण तर्पm तत्वदर्शीहरूले चेतना जगाएका छन् । शाकाहारीले पशुहत्यामा देखिएको त्रूmरता बुझ्न सक्छन् । मांसाहारीले पशु काटिंदा वा मारिदा त्यस पशुलाईे पर्ने पीडा र त्यसका परिवारजनलाई पर्ने कष्टको अनुभूति गर्र्दैनन् मात्र होइन, त्यसतर्पm चिन्तन गर्ने चासो पनि राख्दैनन् ।
शाकाहारी र मांसाहारी प्राणीको शारीरिक बनोटमा भिन्नता देखिन्छ । मांसाहारीका दाँत र आँत शाकाहारीका भन्दा बलिया र तीखा हुन्छन् । शाकाहारी प्राणीमा गाई, भैंसी, वानरहरू र केही चराहरू पर्दछन् । मानिस प्रकृतिले शाकाहारी प्राणी हो तापनि अभ्यासक्रमले केही मानिस मांसाहारी पनि देखिएका छन् । कृषि र आगोको आविष्कारपछि मानिस शाकाहारी हुनेतर्पm आकर्षित भए । शाकाहारले मानिसको स्वास्थ्य राम्रो हुँदै गयो भने मांसाहारीमा उच्च रक्तचाप, युरिक एसिड, पक्षघात जस्ता रोगहरूले मुटु, फोक्सो र फियो कमजोर भएको अनुभव हुन लाग्यो । राज्यक्ष्मा अर्थात् टी.वी.का रोगीलाई खसीको मासु खाने र उपचारमा अरु औषधि खाने डाक्टरहरूको सल्लाह थियो । शाकाहारी र मांसाहारी दुवै किसिमका तर टी.वी. रोगग्रस्त व्यक्तिको उपचार गराउँदा शाकाहारी व्यक्तिलाई रोगले छिटो छोडेको र शाकाहारी बढी फुर्तिला र तेजिा देखिएका कारणले डाक्टरहरूले पनि नयाँ अनुभव प्राप्त गरे । मासु खाने मानिसलाई रोगी पशुको मासुको सम्भावनाले पनि शाकाहारी बन्ने प्रेरणा मिल्दै आएको छ । सुंगुरको मासुमा मानसिक रोग लाग्ने, कुखुरामा बर्डफ्लुको संक्रामक रोगले त्यस्ता जनावरका मासुमा ती रोग मानिसमा सर्ने कुरा जगजाहेर भएबाट एउटा सतर्कता थपिएको छ । प्राकृतिक जीवन, सादा जीवनको महत्व बढेको छ भने भोजन स्वास्थ्य रक्षाका लागि हो, जिब्राका स्वादका लागि होइन भन्ने तथ्य पनि जागृत भएको छ । शरीरमा आरोग्य र शरीरको सफाइले मनको आरोग्य र सफाइलाई बल दिंदा चित्त शुद्धीले जीवन क्षण भंगुर छ । हामी मानवले मानव नरनारीप्रति आफन्तको व्यवहार गर्नुपर्छ । हामी सबै मानवको उद्गम थलो र पुर्खा एउटै हुन् । यात्रा र अनुसन्धानको क्रममा केही रूप रंग आकृति प्रकृतिमा भिन्न देखिए तापनि समान चिन्तन व्यवहार र प्राथमिक आवश्यकता भएको बुझेर पृथ्वी भरिका मानिसलाइृ कुटुम्व ठान्नुपर्दछ । परस्त्रीलाई आमा र परद्व्यलाई लोष्ठसमान ठान्नुपर्दछ भन्ने भावना बलवान हुन्छ । अहिंसा परमोधर्म भन्ने दृढत जमेर रहन्छ । प्राणी मात्रमा दया ठूलो धर्म हो, दया धर्मको मूल हो । करुणा भित्रबाट जागृत हुन्छ । मानव मानवताका लागि मर्न परे पनि पछि हट्दैन । त्यही वास्तविक अर्थमा मनुष्य हो, जो मनुष्यताका लागि परे मर्न तयार हुन्छ । पृथ्वीमा न्याय, आय, समृद्धि, शुभकर्म, शुभभावना र शुभधारणा राखेर जीवनयापन गर्दागर्दै मर्न पर्दा मृत्युलाई हाँसेर स्वागत गर्नेहरूको इतिहिामा अमर नाम अंकित भएर रहेको हुन्छ ।
भगवानले विद्वान्पण्डित गुणी ज्ञानी मानिस नरनारी देखि कीरा, पतंग, कुकुर, हात्ती बनाउँदा त्यही सीप, त्यही समान ज्ञान खर्च गरेका हुन्छन् भनेर श्रीमद्भगवद् गीतामा गाई चण्डाल, कुकुर, पण्डितलार्य आत्मतत्वबुझ्ने विज्ञ व्यक्तिले समानरूपमा हेर्छ, समान देख्छ । हो जनावर या प्राणीको रूप भिन्न होला, आहार विहार भिन्न होला, असमान होला तर जीजीविषा समान छन् । आहार, निद्रा, भय र सन्तानप्रतिको ममताका भावना समान छन् र सबै अन्य समानताभन्दा पनि बढेर आत्मतत्वमा समान छन् । आत्मिक नाताले सबै प्राणी समान हुन्छन् । दैहिक नातो अलग होला, आत्मिक नातोमा सबै प्राणी दाजुभाइ या भाइ भाइ हुन्छन् ।
आत्मतत्वमा लिङ्ग भेद हुँदैन भनेर भाइ भाइ शब्दको प्रयोग गरियो, बैन्हीबैन्ही शब्दको प्रयोग पनि उत्तिकै सार्थक छ । सबै मानवमा मानवको मैत्री पूर्ण सम्बन्ध आवश्यक छ भन्ने सारतत्व बुझेर नै नेपाली कविले धार्मिक, आत्मिक एवं भावनात्मक धारणा बोकेर रचेको कविताको रहस्य बुझ्नु उपयुक्त हुनेछ ः
“सुरमुनिदेखि भुसुनासम्म
प्रभु नै सवका घटमा टम्म
प्रभुका लेखा प्राणी मात्र
पुत्र राबर करुणा पात्र ।”
तत्वदर्शी मुनिहरू, मन्त्रद्रष्टा ऋषिहरूका पदचिन्हमा चलेका तपस्वी साधकहरूले जीवजगत् र ईश्वरका बारेमा ज्ञानप्राप्त गर्ने प्रयास गरे । सबै सभ्य, सुसंंस्कृत व्यक्तिह आर्य हुन् । के काला, के गोरा, के पहेंला सबै रंग आकारप्रकारका नरनारी आर्य हुन् । गुण कर्मले जो आर्यका कोटिमा पुग्न सकेका छैनन्, तिनीहरूलाई पनि आर्य बनाउनु आर्यकै गुण हुन्छ । सारा संसारका मानिसलाई आर्य बनाउने, सबै मानिसको थलोकिलो पानी पंधेरो, आहार तुष्ठीमा भेदभेट्ने आर्यचिन्तन वेदमा प्रस्फुटित भएको पाइन्छ । सँगै हिँडौ, पालोपालो आफ्ना कुरा भनौं, भेददृष्टि, भेदभाव मेटौं भन्ने उदात्त भावनालाई केही राजनीतिज्ञहरू वैदिक साम्यवाद भन्ने गर्दछन् । श्रीमद्भागवत महापुरणमा पनि ः
“भरिन्छ जतिले पेट त्यति मानिसको हक बढी ओगट्ने चोर सजाय दिन लायक । भनिएको पाइन्छ । यो कविताको व्याख्या विश्लेषणमा हर ढाकिने र उदरपूर्तिमा मानि समान हकदार छन् भन्नुपर्ने चिन्तनको सार रहन्छ । मानवइतर प्राणीले कपडा पहिरेको देखिँदैन । तर, चारो वा आहारा त सबै प्राणीलाई भगवानले जुटाइ दिनैपर्छ । भगवानका हामी सबै सन्तान हौं र भगवद्इच्छामा हाम्रे समर्पण भाव जाग्नै पर्छ । वेदमा वैदिक महर्षिले यसो भनेका छन् ।”
“म पुत्र तिम्रो, तिमी धर्ती माता
अटुट मेरो तिमीसँग नाता”
पृथ्वी सबै प्राणीकी आमा र आकाश सबै प्राणीका पिता भनेपछि प्राणी प्राणीका बीचको नाता स्वतः स्पष्ट हुनैपर्छ । हाम्रा आहार विहार चिन्तनद्वारा–
बाँच्ने, बचाउने र बाँच्न दिने संकल्प गर्नुपर्छ । सत्कर्मद्वारा, शुक्लकर्मद्वारा परिश्रमको जीवन व्यतीत गरेर आपूmँ बाच्ने, आफ्ना सन्तान र आपूmले भरणपोषण गर्नपर्ने असक्त, वृद्ध, मातापिता, घरपालुवा जनावरलाई बचाउने, वनका जन्तु वृक्ष वनवाटिकालाई बाँच्न दिने अर्थात् तिनीहरूको विनाश नगर्ने शुभ कार्य पनि अहिंसामा पर्दछ । अभय, सत्वशृद्धि, ज्ञान, व्यवस्था, दान तप, अहिां, कोमलता, दया सत्य जस्ता देवी गुण आर्जन गर्ने क्रमा योगबाट कर्ममा कुशलता देखाउन सकिन्छ ।
सबै मानवको सामान्य धर्म समान छ, विशेष धर्म अर्थात् व्यक्तिको निजी कर्तव्यपालनमा आफ्नो स्थिति, अवस्था र कर्मले भेद देखिएला । धृति, क्षमा, दम, अस्तेय, शौच, इन्द्रियनिग्रह, सत्य, अकोध, धीरता, पराविद्या सबैका साझा र सनातन धर्म हुन् । आफ्नो स्वभाव, प्रकृति गुण, पनि धर्मका लक्षणमा पर्दछन् । ज्ञान, कर्म उपासना परस्पर सम्बन्धित छन् । रमाइलो पृथ्वीमा प्रकृतिसँग मिलेर बस्ने, प्रकृतिको सहयोग लिने र प्राकृतिक सरल जीवनयापन गर्ने कुराले मात्र पृथ्वी र पृथ्वीका बासिन्दाको रक्षा हुन्छ र अहिंसा नै यी सबै संकल्पका लागि सहायक धर्म बन्दछन् ।
लेखक ः पूर्व कानून तथा न्याय मन्त्री हुनुहुन्छ ।







