Dinbandhu Aryal १८ भदौ २०७७, बिहीवार

 

आकाश को स्थिति शून्य जस्तो छ । शून्य केही नभए को जसमा कैयन चिज हुन रहन सक्छन् । शून्य एकान्त पनि हुन सक्छ । शून्य अभाव पनि हुन सक्छ । अभाव को भाव शून्य होला । शून्य दशौं गुणा वृद्धि मा कारण पनि हुन सक्छ । (०) शून्य को आविष्कार वृहदारण्यकोपनिषद को पूर्णमद पूर्णमिदं बाट भएको स्पष्ट छ । सारा गणित का रहस्य एसै बाट खुल्दै गएका हुन् । सारा विश्व लाई शून्य बाट अगाडि बढ्ने मार्ग चाहिएको हो । मन लाई शून्य पारेर असल विचार तेहाँ स्थापित गर्नु सफलता प्राप्त गर्नु हो ।
निराकार ब्रह्म को सत्ता सर्व स्वीकृत हुन सक्छ तापनि साक्षात्कार गर्नु कठीन हुन्छ । ब्रह्माण्ड, आकाशगंगा, सारा प्रकृति ईश्वरीय सत्ता अन्तर्गत पर्दछन् । सूर्य को आफ्नो गति छ, नियमित छ । संसार का घडी अलमल मा पर्न सक्छन्, सूर्य को समय अलमल मा हुँदैन । विद्युत को सम्पर्क सूत्र गणित मा बेजोड छ । एसरी ब्रह्माण्ड भरि को गति र चाला मा नियन्त्रक कोई हुनै पर्छ । निर्माता बेगर निर्माण भएको छैन । निराकार ब्रह्म बारे हेर्दा बिजुली मा करेण्ट प्रवाहित भएको अनुभव ले बुझिन्छ । धार रहित नांगो तार प्रभावकारी हुँदैन । करेण्ट प्रवाहित भएपछि बिजुली ले हावा दिने कि ताप दिने, चिस्याउने कि पकाउने, उज्यालो दिने कि तापक्रम नियन्त्रित गर्ने सारा काम गरेसरह निराकार ब्रह्म ले कान नभए पनि सुन्छ हात नभए पनि सबै काम गर्छ भन्छन्, तेसै गरी आँखा देखिदैनन् तर सबै देख्छ अथवा त्यो निराकार ब्रह्म का हजारौं शिर, हजारौं हात, हजारौं अरु अङ्ग प्रत्यङ्ग हुन्छन् भन्ने कल्पना प्रवाहित गरेको पाइन्छ । साकार ब्रह्म को उपासना सजिलो छ, ध्यान केन्द्रित गर्न सकिने चरित्र सुधार्न बल पुग्ने सामाजिक सम्बन्ध बन्ने र आचारनिष्ठ हुन दबाब पुग्ने हुँदा निराकार ब्रह्मलाई साकार स्वरूप मा ल्याउने सत्प्रयास को पनि श्रेय बृहदारण्य को पनिषद् लाई दिनु पर्छ । शून्य केही नभए बाट केही भएको अर्थमा परिणत भएको सन्दर्भ यहाँ जोड्न सकिन्छ । आस्था विश्वास ले आत्म विश्वास पनि बढाउँछ र जीवन बाँच्ने कलाको विकास गराउँछ । आशा पलाउँछ । सकारात्मक आशा र कर्म गरेर गरिने आशा विश्वास बढाउँदै लग्ने आशा ब्रह्मज्ञ हरूका देन हुन सक्छन् । नारायणको डरले वायु बहन्छ, ऋतु बदलिन्छ, अग्नि बल्छ, पानी चल्छ र वनस्पतिले फल फूल दिन्छ भन्ने कुरा छर्लङ्ग हुन्छ ।

सबै प्राणी को धर्म एवं ईश्वर एउटै
धार्मिक जिज्ञासा पूर्व मा जागेको हो । धार्मिक चेतना को विकास पनि पूण्य नै हो । एस को अर्थ पश्चिमा जगत का लागि होइन भन्ने कदापि होइन । एतिखेर का भौतिक विज्ञान का उपलब्धि हरू पश्चिमा भए पनि पूर्वीय व्यक्ति हरू ले पनि यथेष्ठ उपभोग गर्न पाइरहेछन् । तेसैगरी धर्म जिज्ञासा र धर्म चेतना पाश्चात्य जगत मा पनि बडो वेग ले अगाडि बढिरहेको पाइन्छ । अझ पूर्व मा भन्दा पश्चिमी जगत मा धर्म को मूल मर्म बुझ्ने प्रयत्न बढी मात्रा मा भइरहेको छ । सूर्य पूर्व मा उदाउँछन् । पश्चिम मा ढिलो उदाउँछन् । पश्चिम मा सूर्योदय हुँदै हुन्न भन्ने कुरा नभए सरह धर्म जिज्ञासा र धर्म चेतना ब्रह्माण्ड व्यापि हुन्छ । पूर्व का पूर्खा ले व्यतीत गरेको धार्मिक जीवन को अहम् बोेकेका हामी धेरैजसो पूर्वीय हरू ले धर्मकै अर्थ मा सम्प्रदाय, पन्थ, मजहव लाई पनि लिन्छौ । अक्सफोर्ड डिक्सनेरी मा धर्म को छुट्टै अर्थ दिए को र रिलिजन को छुट्टै अर्थ दिएको पाइन्छ । हामीहरू ले रिलिजन लाई धर्म भन्ने भूल गरिरहेका छौ । अंग्रेजी शब्द कोश ले “धर्म” भनेको ब्रह्माण्डव्यापी सत्य, समान स्वरूप, कर्तव्य प्रकृति बुझाएको र रिलिजन ले कुनै देवी देवता मा आस्था र पूजा विधि बुझाउँछ भन्ने उल्लेख गरेको छ । धर्म ईश्वर प्रणित हुन्छ, रिलिजन सम्प्रदाय, पन्थ मानिस द्वारा स्थापित र मान्य हुन्छ । इसामसी र मुहम्मद जन्मनु भन्दा पहिले सत्य, प्रेम, करुणा, वात्सल्य, श्रद्धा, भक्ति समर्पण, शान्ति र आनन्द बारे जिज्ञासा थिए । ती विषय को अध्ययन चिन्तन मनन र निधिध्यासन हुन्थ्यो । तेसैले यो धर्म जेठो यो कान्छो भन्न मिल्दैन । स्वभाव, प्रकृति धर्म हुन्छ । पानी को बग्ने तरल हुने, आगो को जल्ने र तातो हुने माथि उठ्ने, हावा को वहने, प्राणी हरू लाई अक्सीजन दिने धर्म हो, स्वभाव हो प्रकृति हो । धर्मका अर्थ कर्तव्य पनि हुन्छ । अतिथि प्रति को कर्तव्य लाई निर्वाह गर्नु पनि गृहस्थ धर्म को एउटा पक्ष हो । राज्य को जनता प्रति को धर्म जनता लाई भयमुक्त राख्नु, न्याय दिनु, गतिशील शान्ति र समृद्धि को वातावरण दिनु हो । बाबु को सन्तान प्रति को कर्तव्य र सन्तान को आमाबाबु प्रति को कर्तव्य नै धर्म हो । एस्ता किसिम का विशेष कर्तव्य लाई विशेष धर्म भन्न सकिन्छ । सामान्य धर्म मा मानवता, सत्य निष्ठा, राष्ट्रियता, दैवी गुण, सदाचार, सामाजिक मूल्यमान्यता को पालन र विश्व ब्राह्माण्डव्यापि शान्ति योगदान गर्दछन् । मनु महाराज ले धर्म का दश लक्षण उल्लेख गर्नु भएको छ । ती हुन्– धृति (धैर्य), क्षमा (सानातिना गल्ति कसुर गर्नेले माग्दा दिने माफी), दम (संयम) अस्तेय (कुनै प्रकार को चोरी कर्म बाट बच्ने काम), शौच (मन, वचन र कर्म को पवित्रता जो व्यवहार आचारण मा पनि पारदर्शि हुन सकोस् भन्ने भाव) इन्द्रिय निग्रह (इन्द्रिय द्वारा पवित्र पार्ने काम) र जनसेवा समेत मा सेवा पु¥याउने, स्वाध्याय र क्रोध हटाउने काम । जसको पूरा श्लोक एस प्रकार छ ।
धृति, क्षमा दमस्तेयं शौचमिन्द्रिय निग्रह,
धीर्विद्या सत्यमक्रोध दशकं धर्म लक्षणम् । –मनुस्मृति
धर्म का ई दश लक्षण सबै मानिस मा समान रूप ले लागू हुने बुझेर नै भारत र नेपाल का सन्त महर्षि, ऋषि साधु हरू ले विश्वभरि धर्म को शिक्षा दिए, चेला बनाए । श्रीप्रभुपाद, स्वामी विवेकानन्द र महर्षि महेश एसका उदाहरण हुन् । ख्रिष्टानी सम्प्रदाय को बाइबल ओल्ड टेस्टामेन्ट र न्यू टेस्टामेन्ट गरी दुई भाग मा बाँडिएको छ । न्यू टेष्टामेण्ट मा टेन कमाण्डमेण्ट को च्याप्टर मा मनु महाराज ले दिएका धर्म का दश लक्षण सँग मिल्दाजुल्दा आदेश दिएका छन् । हाम्रा गुरु शंकराचार्य, गोविन्दानन्द हरू ले मौलवी र पादरी हरू सँग शास्त्रार्थ गरेर उनीहरू को चित्त बुझाइ दिएका कैयन उदाहरण हरू छन् । भारत को संविधान को अंग्रेजी संस्करण मा लेख्दा सेक्यूलर शब्द लाई हिन्दी मा धर्म निरपेक्ष भने को गल्ती भयो भनेर संसद ले सच्याएर पन्थ निरपेक्ष राखे को पछिल्लो उदाहरण हो । नक्कली इसाई र नक्कली मुसलमान मात्र समस्या हुन् । असली निष्ठावान मुसलमान पनि निराकार ब्रह्म को उपासना गर्दछन् । कानफट्टा जोगी मा कैयन मुसलमान सम्प्रदाय का व्यक्ति हरूले प्रवेश लिएका छन् । एतिखेर ब्रिटेन, अमेरिका मा चर्च हरू विकेर त्यहाँ मन्दिर बनेका छन् ।
एता इसाई हरू ले अफ्रिका मा एवं एसिया को भारत मा राजनीतिक उद्देश्य ले व्यापार, औषधि को निहुँ मा सत्ता र जमीन हडप्ने प्रयास गरे । वाइवल को धर्म चेतना र कुरआन को धर्म चेतना का धेरै अंश पूर्वीय धर्मचेतना सँग मिल्दा जुल्दा छन् । तेसैले धर्म चिन्तन को मूल थलो चाहिं आर्यावर्त नै हो ।
दानशीलता अरब जगत मा पनि छ । पाश्चात्य जगत मा पनि छ । एतिखेर पूर्व का मानिस हरू बरु बढी कृपणी देखिएका छन् । हो, एन जि ओ, आइ एन जि ओ मा धेरै चलाखी र धुत्र्याईं को मात्रा ले दान मा विडम्बना थपे को होला । तर अमेरिकी जनता दानशील छन् । पशुपतिनाथ लाई विश्वसम्पदा सूचि मा राख्ने, लुम्बिनी, जनकपुर लाई विश्व सम्पदा सूची मा राख्ने पश्चिमा हरू को चिन्तन प्रशंसनीय छ । अष्ट्रेलिया को हन्टर भ्याली मा गोविन्ददास नाम राखेर गोरा ले गौसेवा गरेका छन् । पाँचसय रोपनी जति जग्गा लाई ‘न्यू गोकुल धाम’ नामकरण गरेका छन् । गाई, बाच्छा, बाच्छी र गोरु अवध्य रहनु पर्छ । बाच्छा बाच्छी हरू लाई दूध कम दिएर मानिस ले सबै दूध लिन हुन्न भन्ने उनको भनाइ छ । उनले हरे राम हरे राम, राम राम हरे हरे, हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे लाई नै महामन्त्र मानेर जप्ने गर्दछन् । यस्तै सेवा धर्म मा इस्कोन मा गोरा र काला पनि छन् । एसैले हिन्दु, बौद्ध, शिख, इसाई, इस्लाम भनेर अलग अलग धर्म ठान्नु भ्रम हो । सनातन धर्म एक मात्र धर्म हो ।

Top