पुस्तकालय संस्कृत भाषाबाट नेपाली भाषामा आएको शब्द हो । पढ्ने, पढाउने, पाठ गर्ने गराउने आदि लेखिएको छापिएको ठेली नै पुस्तक हो । यसलाई कसै कसैले ग्रन्थ र कसैले किताब पनि भन्ने गर्दछन् । आलय भनेको घर हो । एउटै बाक्यमा भन्नुपर्दा किताबहरूको घर नै पुस्तकालय हो । इच्छुक पाठकहरूले सार्वजनिक रूपले पढ्न पाउने हिसाबले विभिन्न विषयका पुस्तकहरूको सङ्ग्रह गरेर राखिएको देखेर, पढेर, अनुभव गरेर आर्जन गरेको ज्ञानलाई पछिसम्म सुरक्षित गर्ने काम पुस्तकले गर्दछ । मान्छे स्वभावैले ज्ञानको भोको हुन्छ । जन्मे देखि नमरेसम्म केही न केही जान्ने वा सिक्ने जिज्ञासा उसमा रहिरहन्छ उसको यही स्वभावले गर्दा लिपी वा बोलीचालीको प्रतीक चिह्नको आविष्कार भएको केही समयपछि पुस्तकालयको जन्म भएको हो ।
पुस्तकहरू सङ्ग्रह गर्ने क्रममा पुस्तकालय जन्म भएको मान्न सकिन्छ । पुस्तकालयको इतिहास निकै पुरानो मानिन्छ । छापाखानाको स्थापना हुनुभन्दा पहिले नै हातले लेखेका पुस्तकहरू संकलन गरी राख्ने प्रचलन धेरै अगाडि भएको जानकारी प्राचीन वाङ्मयको अध्ययनबाट प्राप्त भएको छ । विद्वान्हरू पुस्तकलाई असल मित्र नै मान्दछन् । मान्छेलाई आत्मविश्वास भरिदिने काम पुस्तकहरूले गरेका हुन्छन् । पुस्तकका माध्यमबाट खोज र अनुसन्धानका थप क्षेत्रहरू पहिल्याउन मद्दत मिल्छ, थप सिद्धान्त र वस्तुको आविष्कार हुन्छ । यति मात्र होइन पुस्तक पढ्नु भनेको आत्मसन्तुष्टि र मनोरञ्जन प्राप्त गर्नु पनि हो । निष्कर्षमा भन्ने हो भने पुस्तकालय भनेका मानवसमाजलाई ज्ञानराशी प्रदान सोपान हो । यसको माध्यमबाट आफूलाई कति माथि लैजाने भन्ने कुरा उसले निर्भर गर्दछ । उसले उपयोगी पुस्तक छान्न सक्ने पाठकमा हुनै पर्छ ।
सम्पता शर्मा
कक्षा ६






