२८औं पेसीबाट किनारा लाग्यो नाबालिक बलात्कारको मुद्दा

बालसिर्जना संवाददाता २० भदौ २०७९, सोमवार

२८औं पेसीबाट किनारा लाग्यो नाबालिक बलात्कारको मुद्दा

२० भदौ, काठमाडौं । धनुषा जिल्ला अदालतले तीन वर्षदेखि विचाराधीन नाबालिक बलात्कारको मुद्दा किनारा लगाएको छ । बलात्कृत भएकी बालिकाको मुद्दामा आरोपितलाई कसुरदार ठहर्‍याउँदै मुद्दा किनारा लगाएको हो । सजाय भने अझै निर्धारण गरेको छैन । सजाय निर्धाणरका लागि २७ भदौमा पेसी तोकिएको छ । १५ वैशाख ०७६...बाँकी

आचारसंहिता उल्लंघन गर्ने पत्रकारको दर्ता खारेज गर्ने विधेयक अाउँदै

बालसिर्जना संवाददाता १७ भदौ २०७९, शुक्रवार

आचारसंहिता उल्लंघन गर्ने पत्रकारको दर्ता खारेज गर्ने विधेयक अाउँदै

१७ भदौ, काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर आएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा अगाडि बढेको छ । पूर्ववर्ती सरकारले समाचार लेखेकै आधारमा पत्रकारलाई १० लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने लगायतका प्रावधान समेटेर २७ वैशाख २०७६ मा राष्ट्रिय सभामा यो विधेयक...बाँकी

करेण्डाँडा युवा क्लबको आयोजनामा तिज उत्सब सम्पन्न

बालसिर्जना संवाददाता १५ भदौ २०७९, बुधवार

करेण्डाँडा युवा क्लबको आयोजनामा तिज उत्सब सम्पन्न

स्याङ्जा भदाै १५ ।  स्याङ्जा जिल्लाकाे रमणीय स्थल  करेण्डाँडामा तीज  तीज कार्यक्रमकाे अायाेजना गरिएकाे छ । पुतलीबजार नगरपालिका ११ मा पर्ने करेण्डाँडामा धेरै वर्ष अगाडिदेखि तीज कार्यक्रम मनाइँदै अाएकाे छ ।  नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिजका अवसरमा पुतलीबजार नगरपालिका ११ को स्थानीय करेण्डाँडा युवा क्लबको आयोजनामा तिज...बाँकी

सिटौला जी, काँग्रेस सपार्ने कि घमण्ड पालिरहने ?

बालसिर्जना संवाददाता १३ भदौ २०७९, सोमवार

सिटौला जी, काँग्रेस सपार्ने कि घमण्ड पालिरहने ?

काँग्रेसका हस्ती सिटौलाले महामन्त्री विश्वप्रकाश पक्षलाई ‘पेलेको’ सुनिन्छ । यसरी पार्टीलाइ फाइदा हुँदैन । चुनावकाे राैनक घर अाँगनमा अाइसकेकाे छ । यस्ताे अवस्थामा सिटाैला जीले पुरानाे राग त्यागेर राष्टिय राजनीतिकाे केन्दंमा रहेका विश्वप्रकाशलार्इ सघाउनु पर्छ । गएकाे स्थानीय निर्वाचनमा दुइ नेताबीचकाे सौहार्द्ध सम्बन्धले कांग्रेसलाई जिताउने अवसर थियो ।...बाँकी

गगनकाे संघर्षपूर्ण विरासत

बालसिर्जना संवाददाता १३ भदौ २०७९, सोमवार

गगनकाे संघर्षपूर्ण विरासत

राजनीतिक यात्रामा मेरो पहिलो पाइला १३ वर्षको उमेरदेखि कै हो । २०३३ सालमा काठमाडौंमा जन्मिएको म ९ कक्षा पढ्दा नै ०४६ सालको जनआन्दोलनमा सहभागि थिएँ । त्यसैबेला मैले जीबनमा पहिलोपटक टियरग्याँसको सामना गरेको हूँ । २०४८ सालमा नेविसंघ काठमाडौं वडा नं. ३३ को सचिव चुनिएँ । आईएससी सकेपछि...बाँकी

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

बालसिर्जना संवाददाता १३ भदौ २०७९, सोमवार

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौँ — नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा प्राध्यापनरत एक शिक्षक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा सोमबार बिहानैदेखि विद्यार्थीहरूले कलेजमा प्रदर्शन गरेपछि प्रहरीले आरोपित शिक्षकलाई पक्राउ गरेको हो । विद्यार्थीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि प्रहरीले घटनाबारे बुझ्नका लागि आरोपित शिक्षक र आन्दोलनरत विद्यार्थीहरूलाई कार्यालयमा बोलाएर सोधपुछ...बाँकी

प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस पदाधिकारी लिएर राष्ट्रपति निवास

बालसिर्जना संवाददाता १३ भदौ २०७९, सोमवार

प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस पदाधिकारी लिएर राष्ट्रपति निवास

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका पदाधिकारी लिएर राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न देउवासँगै पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका हुन् । भेटको एजेण्डाका बारेमा भने कांग्रेस नेताहरुले केही खुलाएका...बाँकी

पवित्र पाशुपत क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

बालसिर्जना संवाददाता १३ भदौ २०७९, सोमवार

पवित्र पाशुपत क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

१३ भदौ, काठमाडौं । पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ । हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको...बाँकी

कांग्रेसले नबुझे एमाले बाहेकको वाम गठबन्धन हुन्छ : प्रचण्ड

बालसिर्जना संवाददाता १२ भदौ २०७९, आइतवार

कांग्रेसले नबुझे एमाले बाहेकको वाम गठबन्धन हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसलाइ धम्क्याएका छन् ।  सधैँ अाफ्नाे हैसियत भन्दा माथिकाे कुरा गर्ने प्रचण्डले कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताएका छन् । कांग्रेसका शेखर कोइराला पक्षले गठबन्धनमा रहेका अन्य दलहरूलाई...बाँकी

केन्यालाई ४ विकेटले हरायो नेपालले

बालसिर्जना संवाददाता १२ भदौ २०७९, आइतवार

केन्यालाई ४ विकेटले हरायो नेपालले

१२ भदौ, काठमाडौं । नेपालले केन्यालाई तेस्रो टी२० आईमा ४ विकेटले पराजित गरेको छ । यस जितपछि पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ । यसअघि पहिलो खेल नेपालले ५ विकेटले जित्दा दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । चौथो खेल सोमबार हुनेछ...बाँकी

Top