बालसिर्जना संवाददाता १२ असोज २०७६, आइतवार

 

नेपाली बालसाहित्यको विकासमा सक्रियताकासाथ संलग्न प्रा. डा. रामचन्द्र लम्सालको जन्म वि.सं २००६ सालमा धादिङ जिल्लाको पाल्पा भन्ने ठाउँमा भएको हो । लामो समयदेखि प्राध्यापन पेसामा संलग्न लम्साल त्रिभुवन विद्यालयको शिक्षाशास्त्र संकायअन्तर्गत केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापकका रुपमा कार्यरत छन् ।

यिनको विशेष रुचि अनुसन्धान, लेख, रचना तथा भाषाविज्ञान र कोशविज्ञानमा रहेको छ । यिनले त्रि.वि. बाट नेपाली भाषासाहित्य स्नात्तकोत्तर स.स्कृत महाविद्यालय (हालको वाल्मीकि विद्यापीठ) बाट प्चीन न्यायदर्शमा शास्त्री अनि त्रि.वि. कलेज कीर्तिपुरबाट सोही विषयमा आचार्य गर्नुका साथै नेपाली विषयमा एम.ए. गरी राजस्थान विश्वविद्यालयबाट भाषा शिक्षा विषयमा स्नात्तकोत्तर एम.एड. र भारतकै एम.एड. एस. विश्वविद्यालयबाट भाषा शिक्षा विषयमा नै विद्यावारिधि (पिएच.डी) गरेका छन् ।

यिनका प्रकाशित प्रमुख कृतिमा कोशविज्ञान र नेपाली कोश (२०४६), नेपाली भाषाशिक्षण (२०६२), प्रायोगिक भाषाविज्ञान (२०६०), भाषा पाठ्यपुस्तक तथा शिक्षण पद्धति(२०६१), सामान्य र प्रायोगिक भाषा वित्रान (२०६२), नेपाली भाषा र व्याकरण(२०६२), साहित्यशास्त्र र नेपाली समालोचना (२०६२), शिक्षण निर्देशिका आदि रहेका छन् । साधनाको पज्ञिक चक्षुले दृष्टिगत गर्दा यिनी धादिङ जिल्लाबाट विश्वविद्यालयको प्राध्यपाक हुने सर्वप्रथम प्राज्ञिक जनशक्ति त्रि.वि. शिक्षणशास्त्र अध्ययन संस्थानमा नेपाली शिक्षा विषयको एम.एड अनुमोदन गराई संचालन गर्ने समर्पित विषयोन्नायक र नेपाली बालसाहित्यको नवीन क्षेत्रमा र त्रि.वि. शिक्षाशास्त्र स.कायमा सर्वप्रथम पीएच डी. गराउने परिश्रमी तथा गतिशील अनुसन्धान निर्देशक र भारतको अजमेरस्थित एम.डी. एस विश्वविद्यालयबाट पीएच.डी गर्ने सर्वप्रथम नेपाली विद्वान्का रुपमा पनि प्रसिद्ध छन् ।

उपर्युक्त कार्यक्षेत्रका अतिरिक्त नेपाली बालसाहित्यका क्षेत्रमा विवेचनात्मक शैक्षणिक सैद्धान्तिक तथा समीक्षत्मक रचनाहरू प्रशस्त प्रकाशित गर्ने लमसालको पाँचवटा बालकथाहरुको संकलन भएको बालकथासंङ्ग्रह पनि रहेको छ । यिनले नेपाली बालसाहित्यकारहरुको परिचय दिने उद्देश्इ राखी नेपाली बालसाहित्यकार कोश सम्पादन गरेर नेपाी बालसाहित्यको बगैचालाई समुन्नत, समृद्ध र सुशोभित पार्न अमूल्य योगदान पु-याएका छन् ।

Top