गुरुत्वाकर्षण बलका कारण सबै वस्तु जमिनतिर खस्ने गरे पनि बादल भने आकाशमा तैरिरहेको हुन्छ । किन त ? वास्तवमा सबै बादल आकाशमा रहिरहन्छ भन्नु गलत हुन्छ ।
किनकी केही प्रकारका बादल पृथ्वीको सतहमा नै पनि पाइन्छ । कुहिरो पृथ्वीको सतहमा पाइने बादलको एउटा उदाहरण हो । हावामा केही मात्रामा बाफका कण हुन्छन् । हावा चिसिँदा बाफका कण जोडिँदै स–साना पानीका थोपाको सङ्कलित रुप हो ।
बादललाई हावाको बहावले आकाशमै रहिरहन मद्दत गर्छ तर, हावाको कारणले बादल जति पृथ्वीको सतरबाट माथि पुग्छ त्यति बढी चिसिन्छ र एक आपसमा मिसिएर ठूलो हुँदै जान्छ, जसलाई हावाको बहावले थेग्न नसकी वर्षको रुपमा झर्छन् ।