संवाद
(अहिले विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण हरेक बालबालिकाहरु लामो समयदेखि घरैमा बन्दाबन्दीमा बस्न बाध्य भएका छन् । कतिपय बालबालिका संयुक्त परिवारमा छन् भने कतिपय एकल परिवारमा छन् । संयुक्त परिवारमा भएका बालबालिकाका तुलनामा एकल परिवारका बालबालिकामा मनोसामाजिक प्रभाव बढी परिरहेको हुन सक्छ । जे भए पनि यो बन्दाबन्दी (लकडाउन) को समयमा बाहिर घुमफिर गर्न नपाएर, साथीभाइसँग भेट्न नपाएर बालबालिकालाई ठूलो तनाव भैरहेको हुन सक्छ, यस्तै विषयमा तयार पारिएको एउटा संवाद यहाँ प्रस्तुत गरिएको छ)
आलोक ः (साथीहरुसँग भेट नभएको धेरै भयो । के गर्दै छन् होला फोन गरौं क्यार । आवेशलाई फोन गर्छ) हेलो … हेलो …हेलो … आवेश !
आवेश ः हेलो … आलोक, किन फोन गरेको यार ?
आलोक ः तिमीसँग बोल्न मन लागेर फोन गरेको आवेश । लकडाउन पछि भेट पनि हुन सकेन । तिमी के गर्दै छौ भनेर फोन गरेको नि ।
आवेश ः छिटो भन् यार … आलोक, म त फिल्म हेरिरहेको छु ।
आलोक ः के फिल्म हो आवेश ?
आवेश ः ‘गनफाइटर’ हो यार ।
आलोक ः के छ त्यो फिल्ममा ?
आवेश ः पिस्तोल, राइफल प्रयोग गरेर धेरै मानिसहरुलाई मारेको छ यार ।
आलोक ः त्यस्तो फिल्म के हेरेको त ? हेर आवेश हाम्रो मन अत्यन्त संवेदनशील छ । त्यस्तो फिल्मले मनमा नराम्रो प्रभाव पार्दोरहेछ । यो कुरा मैले यही लकडाउनको समयमा थाहा पाएँ । मलाई पनि माधुरीले यो विषयमा जानकारी दिएकी हुन् । म त यो फुर्सदकोे समयमा यस्तै मनोवैज्ञानिक कुरा हेरेर बस्ने गरेको छु ।
आवेश ः हेर आलोक ! मलाई त दुई हप्ता जति भयो एकदम टेन्सन भएको छ । राती निद्रा पनि लाग्दैन । घर परिवार कसैसँग बोल्न पनि मन लाग्दैन । जसलाई देखे पछि रिसमात्र उठ्छ । खान पनि मन लाग्दैन । के भयो के भयो यार … त्यसैले म त एक्लै भएँ भने रेस्लिङ हेर्छु यार..।
आलोक ः किन रेस्लिङ हेर्छौ ? रेस्लिङ त मलाई वाइयात लाग्छ ।
आवेश ः मलाई असाध्यै मन पर्ने एउटा रेस्लर थियो । उसलाई कसैले जित्न सकेको थिएन तर अस्ति सोमबारको गेममा त एउटा नयाँ रेस्लरले उसलाई रिङ आउट गर्दियो यार …। बाहिर निकालेपछि कुर्सीले हानेर टाउको फुटाल्दियो । उ त त्यहीँ म¥यो यार … मलाई त ताजुव पो लागिराछ ।
आलोक ः हो र ?
आवेश ः हो यार … त्यो हेरेपछि त मलाई औडाहा भएको छ यार …। त्यही भएर अहिले म त बाबासँग फिल्म हेरेर बसेको छु ।
आलोक ः हो है आवेश ! तिम्रो कुराले त मलाई पनि कस्तो नरमाइलो लाग्यो । त्यही भएर म त त्यस्तो हेर्दैैहेर्दिन । किन भने हाम्रो मन त खाली भाँडो जस्तो हो । त्यसमा राम्रो कुरा राख्न पनि सकिन्छ नराम्रो कुरा पनि राख्न सकिन्छ । राम्रो कुरा राख्यो भने राम्रो काममा प्रयोग हुन्छ, नराम्रो कुरा राख्यो भने त्यो नराम्रो काममा प्रयोग हुन्छ । यस्तो विचित्रको रहेछ हाम्रो मन । मलाई माधुरीले सिकाएकी हुन् यो कुरा । उनले मलाई वेलफेयर फेस्टिवल भन्ने भिडियो हेर्न भनिन् । त्यो खोजेर हेरेँ । मेरो काकाले पनि टेलिभिजनमा एउटा ठूला विद्वान्ले दिएको अन्तर्वार्ता हेर्न भन्नु भएको थियो । त्यो त हामीहरुलाई काम लाग्ने, हेर्नै पर्ने कुरा पो रहेछ । म त यस्तै कुरालाई पो सर्च गरेर हेर्ने गरेको छु ।
हेर आवेश ! नेटमा त राम्रा कुरा पनि छन् नराम्रा कुरा पनि छन् । हामीले राम्रा राम्रा कुरा मात्रै फिल्टर गरेर सर्च गर्नुपर्छ, हेर्नु पर्छ ।
आवेश ः ए आलोक ! मैले त माधुरीसँग फोनमा यस्तो कुरा गरेकै छैन यार ।
आलोक ः हो र ? माधुरीलाई त यस्ता कति कुरा थाहा छ, फेरी उसको बाबा–आमा पनि असाध्यै असल हुनुहुन्छ । उनलाई त जति सोधे पनि हुन्छ ।
आवेश ः अँ .. अँ … हुन्छ आलोक । म अहिल्यै फोन गर्छु है ! माधुरीलाई । (उसले तुरुन्त माधुरीको नम्बरमा डायल गर्छ) हेलो… हेलो… माधुरी !
माधुरी ः हेलो ….. को बोल्नु भएको ?
आवेश ः म आवेश हो क्या माधुरी !
माधुरी ः ओ ..हो… आवेश दादा ! सन्चै हुनुहुन्छ ? अनि मामुबाबालाई पनि सन्चै छ ?
आवेश ः मेरो त बेहाल छ माधुरी । मलाई त एकदम टेन्सन भएको छ । जो देखेपनि रिस उठ्छ । राती निद्रा पनि लाग्दैन, झसङ्ग हुन्छु । आलोकले तपाईँसँग कुरा गर्न भनेकोले फोन गरेको । मलाई सहयोग गरन ।
माधुरी ः किन त्यस्तो भयो ?
आवेश ः के भएन भन न ! (आवेशले आलोकलाई भनेका सबै कुरा माधुरीलाई बेलिविस्तार लगाउँछ)
माधुरी ः आवेश मन भनेको त कम्प्युटर जस्तै रहेछ । जे इनपुट ग¥यो त्यही आउटपुट हुने । त्यसैले जे पायो त्यही हेर्न हुँदैन क्या …आवेश !
आवेश ः हो माधुरी ! लकडाउन पछि विद्यालय जान पनि परेन । घरमा बस्यो बाबा–ममी रेस्लिङ हेर्ने, हिन्दी फाइटिङ फिल्महरु हेर्ने गरेकाले मैले पनि त्यही धेरै हेरें । त्यसैले यस्तो भयो ।
माधुरी ः आवेश दादा ! आत्तिनु पर्दैन, मेरो कुरा मान्नुहोस् सब ठीक हुन्छ ।
आवेश ः हुन्छ माधुरी ! नभए त म खत्तम हुने भएँ नि ! तिमीले भनेको सबै कुरा मान्छु ।
माधुरी ः घरपरिवारमा पनि सबैलाई सिकाऊनु है त ! बाबा–ममीलाई पनि भन्नु पर्छ क्या… । टिभीमा त राम्रा कुरा पो हेर्नुपर्छ त ! बरु हजुरले अबदेखि अर्कै कोठामा बसेर साहित्य सिर्जना गर्नुस्, आर्ट गर्नुहोस्, बाबा–ममीले बन्द गरेको बेला टिभी खोलेर धार्मिक कुरा, साहित्यका कुरा, नीतिका कुरा, प्रकृतिका कुरा, समाज कल्याणका कुरा हेर्नुस् त अनि बाबा–ममीलाई पनि दनक पुग्छ । ओहो ! छोरो त.. साँच्चिकै फेरियो त ! भन्नु हुन्छ र उहाँहरूका पनि आँखा खुल्छन् । तपाईँमा अर्कै साहस भरिएर आउँछ । केही गरौं भन्ने भावनाको विकास हुन्छ । आफूले तयार गरेका सामग्रीहरु साथीभाइलाई पठाउनुहोस् । उनीहरु पनि सिक्छन्, हजुरको पनि मनोबल बढ्छ । दयामायाको भावना विकास हुन थाल्छ । अहिले त तपाईंको नसा नसामा हत्या, बदला र क्रोधको रस फैलिएको छ र यस्तो भएकोले तपाईलाई पिडा भएको हो ।
आवेश ः हुन्छ माधुरी । म त्यही गर्छु । तिमीलाई त सबैलाई यस्ता राम्रा कुरा सिकाउँदै फुर्सद छैन ।
माधुरी ः हामीले बारीमा फूल रोपेका छौं । लकडाउन सुरु भएपछि लगाएको काँक्रो फलेर खाइसक्यौं । तरकारी करेसाबारी भरी लटरम्म छ । फलफूलको गोडमेल गरेका छौं । धेरै दूध दिने गाई पनि पालेका छौं, बिहान पालो गरी गरी गाईलाई घाँस पनि काट्छौं, बेलुका खाना खाएपछि त हजुरबाका कथा सुनेर बस्छौं । हाम्रो हजुरबालाई त कति कथा आउँछ आउँछ । अनि आफ्ना पुराना दिनका स्मरणहरु पनि सुनाउनु हुन्छ ती सुन्दा त मलाई कथा जस्तै लाग्छ । बाबाले बिहान बेलुका शंख–घण्ट बजाएर पूजा आरती गर्नुहुन्छ । मलाई त सप्पै प्रार्थना कण्ठ भैसकेको छ । कति रमाइलो लाग्छ मलाई त । फुर्सद भयो भने हामी भजन कीर्तन गरेर रमाइलो गर्छौं ।
आवेश ः धेरै धेरै धन्यवाद माधुरी ! म त तिम्रो कुरा सुनेर छक्क परें । विद्यालयमा नेपाली गुरुले भन्नुहुन्थ्यो नि घर भनेको पहिलो विद्यालय हो भनेर । साँच्चै रहेछ माधुरी । अब त म तिमीले भनेका कुरा मात्रै गर्छु । बरु राम्रा किताबहरु मलाई पनि देऊ न है !
पहिलो विद्यालय नै घर हो