बालसिर्जना संवाददाता २९ साउन २०७७, बिहीवार

 

भाइबहिनीहरू ! नेपालमा मात्रै होइन सारा विश्व कोभिड १९ कारण बन्दाबन्दीमा छ  । नेपालमा पनि कोरोनाको संक्रमण दिन प्रतिदिन फैलिरहेको छ । यतिबेला बालबालिका र अभिभावक सबै जना घरमै बस्नु परेको छ । बिहानै स्कूलको झोला बोकेर हतार हतार कुद्नु पर्ने अवस्था छैन । त्यसैले यस्तो बेला उमेर अनुसारको घरायसी काम, सिर्जनशील कामहरू सिक्ने र सिकाउने अवसरका रूपमा लिन सकिन्छ ।

भाइबहिनीहरू ! बन्दाबन्दी भएर बाहिर घुमफिर गर्न जान नपाएका बेलामा साना साना भाइबहिनीहरूलाई गमलामा फूल रोप्न, फूल गोड्न, पानी हाल्न, जग्गा जमीन धेरै भएका ठाउँमा तरकारी रोप्न, गोड्न, तरकारी टिप्न, केलाउन सिकाउन सकिन्छ । पुराना कपडाहरू उध्रेरका ठाउँमा सिलाउन, कपडामा टाँक लगाउन सिकाउन सकिन्छ । रोटी पकाउन, चिया पकाउन, अचार–तरकारी पकाउन, कपडा धुन, सिकाउन सिकाउन सकिन्छ । आजभोलि त इन्टरनेटमा हेरेर मीठा मीठा परिकार बनाउन पनि सिक्न सकिन्छ ।

भाइबहिनीहरू ! घरैमा बसेर आफूभन्दा ठूला मान्छेहरूबाट आफ्नो वंशको इतिहासबारे धेरै कुरा थाहा पाउन सकिन्छ । आफ्नो समाजमा वरपर भएका ऐतिहासिक स्थल, धार्मिक स्थल, पुरातात्विक स्थलका बारेमा थाहा पाउन सकिन्छ । त्यही कुरालाई चित्रमा, लेखमा उतार्न सकिन्छ । यो बन्दाबन्दीले बालबालिका र अभिभावक सबैलाई कुनै न कुनै कुरा सिक्न र सिकाउन मद्दत गरेको छ भन्ने ख्याल गरौं है !

२०७६ चैत्र

सम्पादकीय

Top