बालसिर्जना संवाददाता २९ साउन २०७७, बिहीवार

 

भाइबहिनीहरू ! सधैं नयाँ वर्षको शुभारम्भमा विद्यालय बन्द हुन्थ्यो । नयाँ नयाँ ठाउँमा घुम्ने अवसर पाइन्थ्यो । नयाँ झोलामा किताव कापी बोकेर, नयाँ नयाँ ड्रेस लगाएर, नयाँ जुत्ता लगाएर नयाँ कक्षामा जाने बेला हो तर बन्दाबन्दीका कारण यी सबै कुरा हुन पाएनन् । बरु हामी सबै जना घरको चौघेरामा बाँधिएर बस्नु परेको छ । माथिल्लो कक्षामा पुगेर धेरै नयाँ साथीहरूसँग परिचित हुने अवसर कहिले आउला भन्न सकिने अवस्था नै छैन । यो २०७७ साल त अचम्मको वर्ष पो हुने भो त ।

भाइबहिनीहरू ! कसैले कुन स्कूलमा पढ्छौ भन्यो भने पनि कुन स्कूलमा पढ्छु भनौं होला भन्ने भैसक्यो । स्कूलको रिजल्ट पनि पाइएको छैन । नयाँ किताब कस्ता आए त्यो पनि थाहा छैन । कक्षामा शिक्षकले पढाउँदा अबको वर्षदेखि नयाँ पाठ्यपुस्तक आउँछन् भन्नु हुन्थ्यो । खोइ कस्ता पाठ्यपुस्तक आए भन्ने पनि थाहा छैन । कसरी स्कूल शुरु होलान् त्यो पनि थाहा छैन । सरकारले त भन्न सकेको छैन कहिलेदेखि कक्षा शुरु हुने भनेर हामी त समाचार सुन्ने र बस्ने मात्र त हो ।

भाइबहिनीहरू ! सधैं बिहान उठेपछि स्कूल दौडिन हतार हुन्थ्यो अहिले त जति बेला उठे पनि भयो । जति बेला खाए पनि भयो । सबैभन्दा मजा त टेलिभिजन र कम्प्युटरमा भुलिराख्दा पनि कसैले गालि गदैनन् । गृहकार्यको चिन्ता पनि छैन । मानिसको जीवन नयाँ नयाँ अनुभव र सिकाइमा बिताउनका लागि हो तर यस पटक त कहिल्यै कल्पना नगरेको नयाँ अनुभव पो भयो त ।

२०७७ बैशाख

सम्पादकीय

Top