बालसिर्जना संवाददाता २३ साउन २०७८, शनिवार

 

भाइबहिनीहरू ! अघिल्लो वर्षको शैक्षिक सत्र आज सुरु होला भोलि सुरु होला भन्दाभन्दै वर्षै बित्यो । सत्रको अन्तिम समयमा मात्रै कक्षामा परिचित हुन पाइयो । यो वर्षको शैक्षिक सत्र पनि त्यस्तै हुुने हो कि भन्ने चिन्ता छ । चैत्रको अन्तिमतिर विश्वका कतिपय देशमा कोरोना महामारीको संकट फेरि बल्झिन थालेको छ । छिमेकी मुलुक भारतमा दिनप्रतिदिन संक्रमण बढ्न थालेको छ । नेपालमा त्यसको प्रभाव पर्न थालेको छ । यही तरिकाले भारतमा संक्रमण बढ्ने हो भने नेपालमा पनि महामारीले उग्ररूप नलेला भन्न सकिन्न । जे भए पनि विद्यालय, विद्यार्थी र अभिभावकले सचेत भएर अगाडि बढ्नुको विकल्प छैन ।
भाइबहिनीहरू ! स्थानीय निकायले आ–आफ्नै किसिमले परीक्षाको समय तोकेका छन् । प्राथमिक तह, आभारभूत तह र माध्यमिक तहको परीक्षाको तालिका पनि आउन थालेको छ । एसईई परीक्षाको पूर्व तयारीका रूपमा लिइने कक्षा १० को परीक्षा भने भर्खरै सकिएको छ । पाठ्यक्रमले तोकेको शैक्षिकभार जसोतसो सकिएको भए पनि विद्यार्थीले अरू वर्षजस्तो राम्रो तयारी गर्न पाउने अवस्था छैन । न त शिक्षकको समय पर्याप्त छ न विद्यार्थीको ।
भाइबहिनीहरू ! पाठ्यपुस्तकको पढाइ हतार हतार सकिएको छ । बुझेर होइन समयमा सक्नु पर्ने कारणले कक्षा सकियो । जेन तेन गरेर भए पनि शैक्षिक सत्र त सकियो तर नयाँ कक्षामा जाने कहिलो हो थाहै छैन । अरुले सोद्धा त माथिल्लो कक्षामा गएँ भनौंला तर आँफू चाहिँ शैक्षिक सत्र सकिँदा पनि यो कक्षामा हो कि त्यो कक्षामा हो कुनै टुङ्गो लागेको छैन…

Top