बालसिर्जना संवाददाता २४ भदौ २०७६, मंगलवार

 

सबै घरलाइ दाइजोको भारी चाहीएको छ
गरीबलाइ पनि बेहुली अलङ्कारी चाहीएको छ।।

महीला अधिकारबादीले नै आफ्नो छोरोको बिहे रोकी
उसलाइ पनि दाइजोमा सीक्री र सारी चाहीएको छ।।

हीजो जस्ले हरेक रात केटी फेर्दै सुत्थ्यो
आज उसैलाइ बिहे गर्न कुमारी चाहीएको छ।।

जुन बाउआमाले छोरी हुँदा गर्भपतन गरे
उनिहरूलाइ नै गतिलो बुहारी चाहीएको छ।।

जुन संस्कारले कयौँ चेली छाउपडीमै मार्यो
त्यही संस्कारलाइ पुजाआजामा नारी चाहीएको छ।।

मनिषा पौडेल

Top