बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

village
 

सुन्दर ठाउँ मेरोगाउँ अन्त कहाँ पाउँ ।
सपनीमा बिपनीमा लाग्छ त्यहीँ जाउँ ।।

सधैं घाम चुमिरहने उल्लेरीको डाँडा ।
जन्मभूमि बाट आज भएँ किन टाढा ।।
तल्लो भन्ज्याङ् चौतारीमा शीतल हावा खाउँ ।
सपनीमा विपनीमा लाग्छ त्यहीँ जाउँ ।।।

चिसो पानी बोकी बग्छ यो मेलम्ची खोला ।
आमासमान जन्मभूमि अन्त कहाँ होला ?
साधीखोला घैयाखेत, सिम्लैबेसी धाऊ ।
सपनीमा बिपनीमा लाग्छ त्यहीँ जाउँ ।।

दीपा भेटवाल

Top