एकादेशमा एउटा ठूलो शहर थियो । त्यहाँ ठूलो दरवार थियो । त्यो दरबारभित्र जाने बाटोमा फलफूलका बोट बिरुवाको झाडी थियो । त्यस झडीमा भँगेरा र भँगेरीको बस्ने गुँड थियो ।
त्यस दरबारमा धन दौलतको केही कमी थिएन । भँगेरा र भँगेरी दरबारको झ्यालबाट भित्र कोठामा जाने र आउने गर्दथे । उनीहरूले खाने चाहरा दरबारका कोठामा प्रशस्त थियो ।
दरबारमा हात्ती पनि थिए । हात्तीहरूको पनि हिड्ने बाटो त्यहि भँगेरा र भँगेरीको गुँड मुनिबाट थियो । सँधै हात्ती चर्न जाादा आउँदा त्यही बाटो गरि हिड्दथे । एकदिन हात्ती दिनभरी चरेर साँझपख दरबारमा आउँदा भँगेरीको गुँड भत्केछ र चल्लाहरू भुईमा खसेछन् ।
त्यो देखेर भँगेरीले भनी “यस ठाउँमा अब नबसौ । हाम्रो बस्ने घर र बच्चा सबै मारीए ।” भँगेरीले रुदै रुदै भनेको कुरा सुनेर भँगेराले भन्यो– “दुष्टले दुःख दियो भनेर बसेको ठाउँ छाड्नु हुँदैन ।” जुक्ति बुद्धि उपाय सोच्नु पर्दछ ।
भोलिपल्ट हात्ती जंगलमा चर्न जाँदा एक्कासी भँगेरो हात्तीको कानभित्र पस्यो हात्तीको कान दुख्न थाल्यो र कराउँदै बेसरी दौडेर जाँदा अनकन्टारमा गई पल्टेर म-यो । भँगेरो हात्तीको कानबाट निस्केर गुँडमा फर्केर आयो । यसै गरी दिन प्रतिदिन हात्तीहरू मरेर सकिए । भँगेरा भँगेरी आनन्दसँग दिन बिताई बस्न थाले ।
डा. अच्युतशरण अर्याल






