साना गाठी की होचि होची वान्की परेकी थिई मेरी दिदी । पुतली जस्तै थिई । आमाले दुई चुल्ठा पारेर कपाल बाटि दिनुहुन्थ्यो । मख्ख पर्थि । म भन्दा मास्तिर कि मेरी दिदी मलाई खुब माया गर्थि । सकि नसकि मलाई बोकेर ओल्लो घर पल्लो घर घुमाउथि । कान्छि छोरी सबै कि प्यारी थिई ।
समय बित्तै गयो । हामी दिदी भाई पनि बढ्दै गयौं । ठूला हुँदै गयौं । म जति बढेपनि मलाई कहि जानु थिएन । दिदीलाई त विवाह गरेर दुलहाको घर जानु थियो । होचि साना गाठीको भएकाले सानै देखिन्थी । १५÷१६ को उमेरमा पनि ।
घरमा उसको विवाहको चर्चा हुन थाल्यो । मेरो उमेरको कारणले होला त्यसप्रति चासो थिएन । तथापि अब केही समय पछि ऊ मसँग विछोड हुन्छे भन्ने चाहि बुझ्थे । केटीहरू विवाह भएर दुलहाको घर गएको देखेको छु देखि राखेको छु । कोही दुलहाको घर पुगेर खुशी हुँदै उत्ताउलिदै आएका कोही मलिन अनुहार लिएर आएका गाउँ घरमा थुप्रै दिदीबहिनी देखेको छु । दिदीको विवाहको कुरो छिनियो । छोटो अवधि राखेर विवाह हुने भयो । त्यो दिन पनि पिलिक्कै आईहाले । दिदी बेहुली बनेको हेर्ने रहरखै किन मलाई आएन । अब मलाई छाडेर बेहुलाको घर टाढा दुरदेश जाने भई भन्ने पिरले सताउन थाल्यो । म मात्र होइन उपनि खुशी थिइन । सानै थिई अबोधै थिई मलाई छोडेर, जन्मथलो, बाबु आमा छाडेर जानुपर्ने । पिर पनि थियो होला । पिरैले होला खान पनि छाडेकी थिई आमाले गालि गर्नुहुन्थ्यो । फेरी माया गर्नु हुन्थ्यो, सम्झाउनु हुन्थ्यो । आमा छोराछोरीको लागि ममताको सागरत हो । दिदीको विवाहको कुरा छिनेको दिन देखिनै बा प्रसन्न मुद्रामा हुनुहुन्थ्यो । कसैको दवाबमा परेर बा अन्य कुनै कारणले छोरीको कलिलै उमेरमा विवाह गर्नु प¥यो भनेर होला ।
विवाहको दिन घरमा चहलपहलत हुने नै भयो । मैले घर त्यति झकिझकाउ चाहि देखिन एउटा साधारण परिवार भएर पनि होला । घरको आँगनमा दिदीले भिनाजुसँग सातपेरो घुम्ने चौका पुरिएको थियो । चँदुवा टागिएको थियो । पैयूका लिंगा गाडिएका थिए । डोरीले वरिपरि बेरिएको थियो । त्यसैले परिधि भित्र रहेर घुम्नुपर्नै, अग्नि साक्षी राखेर सँगै बाँच्ने मर्ने कसम खानुपर्ने मत्रोच्चारण बाट ।
दिदी बेहुली भए।र निहुरिदै जग्गेमा निस्केको हेरिरहे । घुम्टोले मुख पुरै छोपेकोले र वरिपरि केटीले घेरेकाले अनुहार चाहि देखिन । रोएर थाकिसकेकी थिई । म पनि उसँगै रुन्थे । मायाले उसको छाती मै टाँसिन्थे । ऊ झन् रुन्थी । घरका अरुले देख्लान् भन्ने डरल अलग हुन्थियौं । रुदा रुदा उसका आँखा पनि सुनिएका थिए ।
भोलिपल्ट बिहान दिदी उम्मीई कोलाहल स्वरमा रुदै । मलाई अँगालो मारेकी छे । निःशब्द बनाएकी छ । मलाई याद छ म पनिउसँगै डाको छोडेर रोएको छु । दिदी उचालि नसक्नु साडिमा लपेटिएकी छ । साना गोडामा बढेमानका चाँदीका कल्लि लगाई दिएका छन् । हिड्नै उसलाई अपठ्यारो परेको छ । रुदै डोली भित्र छिरी । मैले हेरिरहे । आँखाले भ्याउन्जेल चिसापानी पुगुञ्जेल । त्यसपछि आँखाबाट ओझेल भई ।
बेहुली उन्माउन आएका छरछिमेकीहरूपनि तितर बितर भए । बा आमा पनि रुँदै भित्र छिर्नु भयो । मलाई दिन कस्ता कस्तो नरमाइलो लाग्यो । हुन त छोरी अन्माएको घर भन्छन् ।फुङ्ग उडेको हुन्छ रे । दलानको डिलमा बसेर आगत तिर हेरे । जग्गेमा घरपकट भएका दुना टपरा, बोहोतिमा बाँकी रहेका राता अक्षता केही चामल कतै सेल रोटीका टुक्रा ति टुक्रा लिन बसेका काग । जग्गेको खल्लो दृश्य हेरि रहे ।
दिदीलाई अन्माएपछि बाको मुटु चस्कियो । दुःखाई सहनै नसकिने गरी दुख्न थाल्यो । सहनै नसकिने गरी असैह्य पिडा हुन थाल्यो । भेला जम्मा भएकाहरूले छोरीको मायाले भने । धेरैले धेरै अर्थ लगाए तर बेमार झन् झन् बढ्यो । गर्ने उपाय केही थिएन । औषधी मूलो केही थिएन । ज्यानो पानी उमालेको छ । जबरजस्ती खुवाएको छ ।
दिदीको कन्यादान गरेको १२ दिनका दिन बाले प्राणत्याग गर्नुभयो । कसैले छोरी अद्यौ, बुढोलाई रि भनेर माथि हल्ला घरे काईला बा बित्नु भयो भने । कसैले के भने कसैले भने । आखिर हामीलाई टुहुरो बनाएर बा गइहाल्नु भयो । मेरो बालाई गाउँमा माथिल्ला घरे काइला भन्थे । बाको दाहसंस्कार समिएको भोलिपल्ट दिदीलाई लिन सिप्तली घर्तिनी गई । चौतारा देखि नै डाको छोरेर घर आईपुगी रोएर दाती नै लाग्यो सबैले सम्झाई बुझाई गरे बाच्नेले शोक मनाउने त हो सँगै जान कोही सक्तैन ।
बाको १३ दिनको काम पनि सकियो । अब दिदीलाई घर पठाउने सल्लाह हुन थाल्यो । दिदी विवाह भएरपहिलो चोटी माईत आउँदा पनि हामी दिदी भाईको भेट यो अवस्थामा भयो ।यो पनि कस्तो संजोग कस्तो विडम्बना । दिदी घरजान मान्दिन आमाले कति सम्झाउनु भयो । दाजुले कति गालि गर्नुभयो । पटक्कै मान्दिन । जबरजस्त उसको अनईच्छा हुँदा हुँदै पनि लोकलाजको डरले आइमाई साथि लगाएर पठाउनु प¥यो । उ पुनः दुलहाको घर हिडि ।
बाको वर्षदिने काममा दिदी आउन सकिन । आमाले साह्रै खुन खुन गर्नुभयो । कस्तो घरमा परिछ मेरी छोरी अबुझ अव्यवहारिक रहेछन् । भन्न सम्म भन्नुभयो । हामीले जति गुनासो जति गालि गरेपनि दिदी आईन । उ नआएर काम रोकिएन । वर्ष दिने काम सकि हाल्यो । दाजुले नआएको पनि ठिकै भयो फेरी घरपठाउनलाई सकस सम्म पनि भन्नु भयो ।
वर्षदिनको कामको केही दिनपछि आमाले दिदी आइन । भेटेर आइज बाबु भनेर मलाई अराउनु भयो । मलाई अलि सानै सम्झेर आमाले दरो छ मेरो छोरो पुगेर आईहाल्छ डराउदैन भनेर उकास्नु भयो ।
म दिदी भेट्न दिदीको घर हिडे । खासै टाढा त थिएन तै पनि ४÷५ घण्टा चाहि लागि हाल्ने । अन्त भए त जान्न भनेर म पनि भूखण्ड गर्थे होला तर दिदी भेट्न मलाई पनि साह्रै मन लागेको आमाले अराए अनुसार महभिरमा पुगेर बोहोतिमा खिटेर हाली दिएको ढकने खाजा खाएर पानी पिए अनि लागे ओरालो सागुरी भञ्ज्याङ्मा पुगेपछि केटीलाई ठेगाना सोधेर जानु भनेको थियो त्यसै गरे ।
घाम डाँडामा छँदै दिदकिो घर पुगे । चारैतिर जंगल मुलुक साल र सल्लाको बोट सतिबयार घाटी छाउरी खहरे वरपर घर नेदेखिने ठाउँमा रहेछ । घर । एक पाखे एक तले सानो घर लामो सप्ताल निकालेको । म पुग्दा दिदी घरमा रहिनछे । एउटी अधवैशे विधुवाले राडी विछ्याई दिनु भयो र साच्चै आइ पुग्नु भयो घर तिर सबैलाई सञ्चै छ भनेर सोध्नु भयो । मैले सबैलाई सञ्चै छ राम्रै छ भने । दिदी पानी लिन गएकी आउने बेला हुनै लाग्यो ।अ ाज भिनाजु घरमा छैन भनेर भित्र छिरिन । मैले लखकोट दिदीलाइृ तिमी भनिन । भिनाजुलाई त भनेकोले दिदीकी आमाजु हुनुपर्छ । एउटी बाल विधुवा आमाजु माईतै बस्छिन् रे भन्ने मैले सुनेको थिए । यिनै रहिछिन् । एकछिन पछि डोकोमा माटोको गाग्रो बोकेर दिदी आई ऊ भन्दा ठूलो थियो डोको र गाग्रो । निहुरिएर गाग्रे बोक्दै भित्र छिरी । म आएको परैबाट देखेकी थिई । अलि परै उभिएर कतिखेर आईपुगिस् भन मा के सकेकि थिए उसको गला अवरुद्ध भयो । भक्कानिदै भित्र छिरी ।
सौताका साना साना छोरा छोरी सप्तालको एउटा कुनामा बसेर मलाई हेरि राखेका थिए । रात प¥यो दिदीले सप्तालको एक कुनामा बिछ्याउन लगाई दिई । घरधन्दा सकि घरभित्र बालेको दियो निभाई अब घर पूरै अन्धकार भयो । बाहिर सप्तालबाट आकाशमा तारा देखिन्थे । घरका जाहान सबै सुतेपछि दिदी मेरो छेउमा आई आधि बोल्छे आधि रुन्छे । मईले खप्न नसके पछि गलेको छु सत्छु भोलि बिहानै म जान्छु भने ।
ऊ पनि सुत्न छिरी । रात छिपिदो छ । मलाई निन्द्र परेन । बाहिर स्याल कराएका छन् । दलानको छेउमा बाँधेको कुकुर स्याल सँगै रोएको छ । खोलो सुसाएझैं सल्लो सुसाउको छ । खुला आकाश देखिन्छ । निन्द्र कता भागो भागो ।
मनमा कुरा खेल्न थाल्यो । भोलि गएर आमालाई के भन्ने । राम्रो रछ भनुकि देखेको भनौं के भनु भनु दिदी दुःखी रहिछे भनौ कि सुखी बा को शोकमा डुबेकी मेरी आमालाई के भनु यिनै तर्क वितर्क खेलाउँदा खेलाउँदै म निदाएछु ।
बिहानीपख देखि नै ढिकी जाता चल्न थाले । निन्द्रले पनि छोड्यो उठेर बसे । कहिले उज्यालो होला र कुलेलाम ठोकुला भन्ने छ । कुत्रो उमंगको छ र म दिदी भेट्न आएको थिए । पहिलो भेटमै तुषारापात भयो ।
बिहानै मेरो पढाई छ्ट्छ म त जान्छु भनेर दिदीको सासुसँग बिदा मागे । भरे बाबुको भिनाजु आउँछ । आएपछि भेटेरै जानु भनेर भूखण्ड गर्नु भयो । मैले मानिन । मलाई बस्नै मन लागेन । पानी लिन डोको बोकेर हिडेकी दिदी ४५ मिनेट भईसकेको आउदिन । मैले मौनता चिर्दै पधेंरो टाढा छकि क्याहो भनेर तिनै आमाजुलाई सोधे टाढै छ भनिन् । लगभग ५० मिनेटको हाराहारीमा दिदी आई । आमैले मेरा लागि खाजा तरा पारि सक्नु भएको रहेछ । ४ गास तात्तातो भात खाएर म घरबाट निस्के दिदीको अनुहारमा अनुहार मिलाउन सकिन । म हिडे भनेर फटाफट निस्के फर्केर हेर्न पनि मन लागेन । माथिल्लो काल्लोमा चढेपछि तलतिर हेरे दिदीले मलाई हेरिराखेकी रछे ।
२३ नोभेम्बर २०१८ ७ मार्ग २०७५ वोष्टन, अमेरिका






