बालसिर्जना संवाददाता १२ असोज २०७६, आइतवार

 

एक दिनको कुरो हो । बादशाह अकबरको दरबार मानिसहरूले भरिभराउ भएको थियो । कुनै विशेष मुद्दाको सुनवाइ हुँदै थियो । त्यसैm बेला अचानक एउटी स्त्री एउटा पुरुषको साथ उपस्थित भई । यस्तो देखेर बादशाहले भइराखेको कार्यवाही रोकेर त्यस आइमाईसित सोध “के भयो तिमीलाई ?”

त्यो आइमाईले भनी ण्महाराज ” यस मानिसले मेरो सबै आभूषण खोस्यो ।”
बादशाहले त्यो मानिसससित सोधे “के तिमीले यिनको आभूषण खोसेका हौ ?”
त्यस मानिसले हात जोड्दै बिन्ती ग-यो ण्महाराज ! यो कुरा ठीक होइन । म हजुरको दर्शनको लागि नै यी आइमाईसित यहाँ आएको हूँ । म एउटा परदेशी हूँ ।

तर ती दुष्ट आइमाईले त्यो मानिसलाई हक्का बक्का पारी । त्यस आइमाईले रुदै कराउदै नाटकीय ढंगले उसलाई झुटो र चोर सावित गर्ने कोसिस गरिरहि । ती दुवैको कुरा सुनेर बादशाह अकबरले कुनै उपाय निकाल्न सकेनन् । दरबारियाहरूले पनि दुवै पक्षको कुरा सुनेपछि ठीक राय कायम गर्न सकेनन् । त्यसपछि वीरबललाई यसको फैसला गर्न दिइयो ।

वीरबल पनि दुवै पक्षको ध्यानसित कुरा सुनिरहेका थिए । वीरबल आफ्नो कुर्सीबाट उठे र त्यस आइमाईसित सोधे “तिम्रो आभूषण कति रुपैयाँको थियो ? ”
आइमाईले भनी “पाँच हजार रुपियाँको ।”

त्यस आईमाइको कुरा सुनेर बीरवलले अनुमान लगाइसकेका थिए कि यतिका रुपियाँको आभूषण किन्ने औकात उसमा छैन । उ एउटा सोझो परदेशीलाई ठग्न खोजिरहेकी थिई ।
यस्तो सोचेर वीरबलले सरकारी खजानाबाट पाँच हजार रुपियाँ मगाए र सुटुक्क सिपाहीद्वारा त्यस परदेशीको हातमा दिन अह्राए र यो पनि भने कि मेर।ो इशारा पाउनेबित्तिकै यो रुपियाँ त्यस आइमाईलाई दिनु भन्नु ।

त्यो रुपियाँ लिएर त्यो मानिस फेरि दरबारमा उपस्थित भयो । वीरबल गम्भीर मुद्रामा बसेका थिए । केही सोच्दै उनी उठे र त्यस मानिस भाठौं आएर भने “ यो आईमाई झूटो बोलिरहेकी छैन, तिमीले तिमीले अवश्य यसको आभूषण लिएका हुनुपर्दछ । तिमीले यसको आभूषण फिर्ता गर्नुपर्छ वा त्यसबापत पाँच सय रुपियाँ दिनुपर्छ ।
वीरबलले कुरा सुन्नेबित्तिकै त्यस मानिसले भन्यो “सरकार ! मैले यसको आभूषण लिएको छैन । यदि ऊ मसित पाँच उसले रुपियाँ चाहन्छे खल्तीबाट झिकेर दियो । रुपियाँ पाएर त्यो आइमाई आफ्नो घरतिर लागि ।

केही नभनी चुपचाप पैसा लिएर गएको देखि वीरबलले त्यस मानिससित भने “ तिमी तुरुन्तै जाऊ र त्यस आइमाईसित त्यो रुपियाँ कसैगरी खोसेर ल्याउ । ”
वीरबलको आदेश पाउनेबित्तिकै त्यो मानिस दगुर्दै त्यो आइमाईनिर पुग्यो र रुपियाँ खोस्न थाल्यो । तर उसले त्यो आइमाईसित रुपियाँ खोस्न सकेन । ती आइमाईलेभ नी “हिँड जहाँबाट मैले रुपियाँ पाएको हो, त्यही सबैको सामु दिनेछु ।”

वीरबलले पठाएको एउटा जासुसी सही कुरा जानन्का लागि त्यो मानिसको पछि पछि गएको थियो । त्यसले फर्केर सबै कुरो वीरबललाई बतायो । जासुसको कुरा सुनेर वीरबललाई पक्कै विश्वास भयो कि त्यो आईमाई पक्कै बदमाश रहिछ ।

आईमाई त्यो मानिसको साथ फेरि दरबारमा उपस्थित भई र वीरबलसित भन्न थाली “सरकार ! हजुरले मलार्य आभूषणको रकम दिलाइबक्सेको थियो, तर उ अब त्यो रुपियाँ मसित खोसिरहेको छ । मैले यसलाई सरकारसामु लिएर आएकी हु ।”

वीरबलले उसित सोधे “यस मानिसले तिम्रो रुपियाँ खोस्यो वा खोसेन ? ”
“यस मानिसले धेरै कोसिस गरेको थियो तर मैले दिइन ।” आइमाईले भनी ।
वीरबलले कड्किदै भने “यस मानिसमा तिमीसँग रुपियाँ खोस्ने ताकत रहेनछ, त्यसकारण योद्वारा गहना खोसिनु असम्भव छ । तत् झूठी होस्, तुरुन्त यसको रुपियाँ फिर्ता गर ।” यति भनी वीरबलले सिपाहीलाई आज्ञा दिए कि यस बदमास आईमाईलाई दस कोर्रा लगाइयोस् ।
यस्तो कुरा सुनेर त्यो आइमाई डराउँदै “सरकार ! मसित ठूलै गल्ती भयो । यसले मेुरो आभूषण चोरेको छैन।” यति भनी उसले त्यो रुपियाँ फिर्ता गरिदिई । अनि वीरबलले त्यो दुष्ट आइमाईलाई जेल पठाइदिए । त्यस मुनष्यलाई न्याय दिलायृ विदा गरे ।

वीरबलको यस्तो चतु¥याइँ गरेर सत्य न्याय गरेको देखी बादशाह प्रसन्न भए र वीरबलको प्रशंसा गरे ।

 

Top