कोरोना भाइरस अर्थात् कोभिड १९ अहिलेको अवस्थामा संसारभरि फैलिएको छ । यस रोगले लाखौको ज्यान लिएको छ भने लाखौंलाई सङ्क्रमित बनाएको छ । यो रोग सरुवा भएकाले विश्वका धेरै देशहरू अहिलेको लकडाउनको अवस्थामा छन् । कोरोना भाइरसले ठूलो क्षति सँगै हामी मानिसलाई केही कुरा सिकाएको पनि छ ।
हामीलाई आत्मनिर्भर हुनुपर्ने कुरा यस रोगले सिकाएको छ । यदि हामी आत्मनिर्भर भएको भए सबै चिजको उत्पत्ति यही देशमा हुन्थ्यो र लाखौ नेपालीहरू परदेशीने अवस्था आउँदैनथ्यो,यसकारण कुनै आपतकालीन अवस्थामा स्वदेशमै बसी त्यसलाई लड्न सकिन्थ्यो । हामी अरुमा आत्मनिर्भर भई सबै सरसामग्रीहरू बाहिरी मुलुकबाट ल्याउँदा अहिलेको जस्तो आपतकालीन अवस्थामा निकै कठिन परेको छ । अहिले लाखौ नेपाली नागरिकहरू नेपाल फर्किन चाहन्छन् तरर्थ जति सुविधा सम्पन्न ठाउँ धन भएपनि सबैभन्दा प्यारो आप्नै जन्मभूमि हुन्छ भन्ने कुरा सावित गरेको छ ।
अहिलेको समयमा अनलाइन प्रणालीबाट कक्षाहरू सञ्चालनमा आइरहेका छन् । आज विश्वका अधिकांश मुलुक र हाम्रो देशका विभिन्न शैक्षिक संस्था तथा निकायमा अनलाइनबाट पठनपाठन, मिटिङ दिनप्रतिदिन सञ्चालनमा आइरहेको छ । जसले गर्दा हामीलाई प्रविधिसँग नजिक भएर केही कुरा बढी सिक्ने अवसर समेत यो महामारीले दिएको छ । यस रोगले अहिले विज्ञान जगतलाई समेत चुनौति दिएको छ । अहिलेको मितिसम्म यस महामारीको औषधि फेलापरेको छैन । वैज्ञानिकहरूलाई पनि यस महामारीले अझै बढी अनुसन्धानमा र खोजमा संलग्न बनाएको छ ।
हामी विद्यालय स्तरीय विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई घरको काम जस्तै घरमा खाना पकाउने, लुगाधुने, घर सफा गर्ने, करेसाबारीमा तरकारी लगाउने, नास्ता बनाउने जस्ता व्यवहारिक कार्यमा समेत अभ्यास बनाएको छ यो लकडाउनले । यो अवधिमा हामीले धेरै फाइदाजक कुराहरू थाहा पायौं । लकडाउनको समय अहिले हामी सबैजना घरमा बसेका छौं । यस समयमा हामीले सिर्जनशिल कामहरू सिक्ने मौका पाएका छौं । यस रोगबाट साना ठूला सबै मानिस प्रभावित भएका छन् के गरीब, के धनी, के सानो के ठुलो सबै । अहिले आएर यस रोगल धन भएर पनि केही गर्न नसकिने रहेछ विश्वमा भन्ने सन्देश दिएको छ त्यसैले मानिस भएपछि प्रकृतिसँग मिलेर बस्नुपर्छ, प्राकृतिक स्रोत र साधनको प्रयोग, संरक्षण र सम्बद्र्धन गर्नुपर्छ भन्ने कुराको अनुभव गराएको छ । कुनै प्रतिकुल प्रभाव नपरी कोरोना भाइरस जस्ता हानीकारक रोगको आगमन हुँदैन भन्ने कुरा कोरोना भाइरसले सिकाएको छ ।
कोरोनाले अहिले मानव जीवनमा नकारात्मक प्रभाव सँगै केही कुरा सिकाएको पनि छ । लकडाउनको समयमा हामीले घरमै बसेर सिर्जनात्मक काम गर्न सक्छौ, अभिभावकलाई सघाउन सक्छौ, अनलाईन प्रणालीबाट पनि धेरै कुराहरू सिक्ने मौका पाउछौ ।
विधान गिरि, बूढानीलकण्ठ स्कूल, कक्षा ९
(विद्यार्थी भाइबहिनीहरू अाफ्ना लेखरचनाहरू balsirjana@gmail.com मा पठाउनु हाेला । हामी प्रकाशित गर्ने छाैं )






