मलाई बाबाको लाग्छ धेरै माया
सँधै सँधै पाउँ मैले बाबाकै छायाँ
हामीले नपाउँ है धेरै दु:ख
सँधै हामीले बाबालाई दिनुपर्छ सुख
संसारमै बन्नुपर्छ हामी सँधै खुशी
बाबालाई बनाउनु हुन्न कहिल्यै पनि दुखी
नयाँ कुरा चाहिन्छ मेरो बाबालाई
धेरै माया गर्नुपर्छ सँधै उहाँलाई
हाम्रो बाबाले हामीलाई पढाउनुहुन्छ
खराब काम गर्यौं भने उहाँ कराउनुहुन्छ
घरमा बसी बाबाले कुरा बताउनुहुन्छ धेरै
परिवारमा धेरै मनपर्छ बाबा मेरै
पारौं बाबालाई खुशी सुखी पहिले
नभए त हामी पनि दु:ख पाउँछौं जहिले ।।
रुवस पराजुली
कक्षा २
जी एस निकेतन मावि हेटौंडा, मकवानपुर






