बालसिर्जना संवाददाता १५ असार २०७७, सोमवार

 

प्रेमनारायण भुसाल
कृषकको पर्व असार पन्ध्र छैन है फुर्सद
माटोमा खेल्दा हिलोमै भुल्दा लौ कति फुरुङ्ग ?
बिहानदेखि सूर्यास्तसम्म खेतमै व्यस्त छ
भोक र तिर्खा फुर्सदमा मात्र, काममै मख्ख छ ।

मनमा ईष्र्या कहिल्यै तिमी आउन दिएनौ
सपना सधै कर्ममा देख्यौ भ्रममा परेनौ
प्रकृतिसँगै रमाउने तिमी भूमिका सन्तान
सरल काम सरल जीवन तर छौ महान

आलीमा बसी दिउसोतिर दही र चिउरा
बाँडेर खाँदा आनन्द मान्ने ठिँगारे रोपाहा
असारे गाई हिलोमै खेली काममै रमाउने
धन्य छौ किसान बचेर आफू मुलुक बचाउने ।

Top