बालसिर्जना संवाददाता १९ असार २०७७, शुक्रवार

 

स्वच्छ र सफा ठाउँलाई नै वातावरण भनिन्छ । हरियाली वातावरणले हामीलाई पनि हरिया असाध्यै मनपर्छ । अहिले दिनप्रतिदिन प्रदुषणले गर्दा सबै ठाउँ तथा वातावरणहरु फोहोर भएका छन् । पहिले पहिले त हाम्रा पुर्खाहरुले वातावरणको कति ख्याल राख्थे र सफा हुन्थ्यो तर अहिले न त वास्ता गर्छन् न त सफा राख्छन् । यस्तो हुनाले हामी सबै जनालाई रोग लाग्छ । रोग भनेको शत्रु हो । सानो रोगले गर्दा त केही नहोला । यदि हामीले त्यो सानो रोगको पनि ख्याल गर्न सकेनौं भने त्यही रोगले गर्दा मानिसको मृत्यु हुनसक्छ । यी सबै कुरा वातावरणले गर्दा त हो नि । हामीले वातावरणको धेरै भन्दा धेरै ख्याल राख्नुपर्दछ । अहिले धेरै संस्था, जिल्लाका प्रमुखहरुले पनि वातावरण स्वच्छ राख्ने धेरै काम गरेका छन् । विभिन्न कार्यक्रमहरु सञ्चालनमा लाएका छन् । हामीहरुले रुख र बिरुवाको हेरविचार गर्नुका साथै त्यसलाई जोगाउनु पर्छ । रुखलाई नकाटीकन हामीले खाना पकाउनका लागि अहिले बिजुलीबाट चल्ने उपकरण ग्याँस प्रयोग गर्नुपर्छ । रुखलाई काटेर, आगो बालेर खाना खायौं भने त रुखहरु सबै नष्ट हुन्छन् । रुखलाई माया गर्नुपर्छ । यी हरिया रुख, पातहरुले गर्दा नै हामी अहिले बाँचिराछौ किनभने रुखले हामीलाई शुद्ध हावा दिन्छ । त्यही भएर धर्तीमा विश्व वातावरण दिवस जेठ २३ गते मनाईन्छ । वातावरणलाई असर पु¥याउने खालका वस्तुहरु प्रयोग नगरौं जस्तै प्लास्टिक जन्य वस्तुहरु । बिजुलीबाट चल्ने साधन र स्रोतहरु उपयोग गरौं । खाली ठाउँ र जमिनहरुमा विभिन्न जातजातिका रुखबिरुवाहरु रोपौं जथाभावि जङ्गल फणानी नगरौं । स्वच्छ वातावरणपान अमूल्य धन हो । वातावरण स्वच्छ रहे हामी स्वस्थ हुन्छौ र वातावरण बिगा¥यो भने हामी रोगी हुन्छौं । त्यसैले हामीहरुले हरियाली वातावरणको रक्षा गर्नुपर्दछ । यसलाई जोगाईराख्नु हाम्रो दायित्व र कर्तव्य हो ।
नाम दिक्षीता चापागाई
कक्षा ७
स्कूल बुढानिलकण्ठ स्कूल

Top