गुरु शिष्यका बीचको प्रेम कत्रो कत्रो ।
राति आकाशमा चम्कने ताराहरु जत्रो ।।
गुरु ज्ञानका देवता हुन् भन्ने मैले मान्दछु ।
अब अझै पढाइमा मिहिनेती बन्छु ठान्दछु ।।
गुरु आउँछन् विद्यालय अनि किताब पढ्छौं ।
लेख्छौं सिक्छौं अभ्यास गछौैं अनि अघि बढ्छौं ।।
गुरु ज्ञानका खानी हुन् है हामी देव ठान्छौं ।
गुरुवचन नाघ्नु हुन्न, उनकै आदेश मान्छौं ।।
आज भालि मानिसहरु भए कस्ता कस्ता ।
पैसासँग ज्ञान जोख्छन् बुद्धिहीन जस्ता ।।
गुरु जस्तो सरल कोही हुन्नन् कतै तिर ।
जति सोध, जति सिक मान्दैनन् है पिर ।।
आकेश कुमार
कक्षा ः ६ बूढानीलकण्ठ स्कूल
बूढानीलकण्ठ, काठमाडौं ।






