मेरो आँशुले आफ्नो तिर्खा नमेट
विशाल यो संसारको एउटा कुनामा मलाई पनि समेट ।
मैले बोलेका शब्दहरू तिम्रो कान सम्म किन पुगेनन्
तिमीले दिएका राहतहरूले मलाई छुदै छोएनन् ।
भोट लिने बेला खुवाउन सम्म खुवायौं
अहिले किन यसरी भोक भोकै सुकायौ ।
मेरो आँशुले आफ्नो तिर्खा नमेट
विशाल यो संसारको एउटा कुनामा मलाई पनि समेट ।
के साच्चिकै गरिब हुनु अपराध हो भने
संविधानमा के छ सुनाइदेऊ सजाए ।
साँच्चिकै आज मानवता हराएको भान भो मलाई
मेरो आँशुले कसैको तिर्खा मेटिएको आभास भो मलाई ।
मेरो आँशुले आफ्नो तिर्खा नमेट
विशाल यो संसारको एउटा कुनामा मलाई पनि समेट ।
आयुश्री जोशी
कक्षा ७
भ्याली भ्यू इङ्लिस स्कूल, मध्यबानेश्वर, काठमाडौं ।






