बालसिर्जना संवाददाता २० असार २०७७, शनिवार

 

कोइली चरी कुहुकुहु गरी कराउँछ्न्
स्वर सुन्दा केटाकेटी औधी रमाउँछ्न् ।
डाँफे मुनाल पहाडमा खुशी हुँदै नाच्छन्
हिमालको स्वच्छ हावा खाँदै खाँदै बाँच्छ्न् ।
भङ्गेराको चिरबिर स्वर मीठो लाग्छ

चील गिद्द परेवाले आकाश नै ढाक्छ ।

धूर्त हुन्छ बाज चरो दुष्ट चरित्रको
ढुकुर्कुर गर्ने ढुकुर हुन्छ पवित्र त्यो ।
न्याउली चरी कराउँदा मनै उराठ लाग्छ
गोलसिमलको स्वर सुन्दा मेरो डर भाग्छ।
बकुल्लाले ध्यान गर्छ मनको भाव जगाइ
गौंथलीले रक्षा गर्छ घरमा गुँड लगाइ ।
उलुलुलु गरी बास्छ लाटो कोसेराले
प्वाल पारी गुँड बनाउँछ चरो कोटेराले।
समूहमा झुण्ड बनाइ उढ्छ्न सुगा चरा
अन्नबाली सखाप पार्दै मास्छ्न तिन्ले जरा ।
अनेक थरी चराहरु बयान कति गर्ने
तिन्को बयान गर्न पनि नाम जान्नु पर्ने।
मार्नु हुन्न हाम्ले तिनलाई रक्षा गर्नु पर्छ
हत्या हिंसा तर्फ लाग्दा मानवता हर्छ ।

 

Top