बालसिर्जना संवाददाता २१ असार २०७७, आइतवार

 

डाँडैभरी हेर साथी कति राम्रा फूल ।
त्यै डाँडाको फेदीमा छ छहराको मूल ।

डाँडावारी डाँडापारी रमाइलो ठाउँ छ ।
हावा पानी मीठो भाको एउटा मेरो गाउँ छ ।

जाउँ साथी खेलौं घुमौं मेरो गाउँ घर ।
पराइको देश भन्दा के मा कम्ति छ र ?

काफल, चुत्रो, ऐसेलु र कटुस फल्ने वन ।
मृग, तित्रा, कालिज देख्दा रमाउँछ मन ।।

अलैंची र सुन्तला छन् पाखा बारी भरी ।
निगुरो र काउरो टिप्छु रुख चढी चढी ।।

खनिया र बेडुला छन् भुप्पा झुप्पा सब ।
पाक्ने बेला भयो साथी फलफूल अब ।।

प्रसिद्धि रेग्मी

बानेश्वर, काठमाडाैं

Top