सिद्यान्त यादव ७ साउन २०७७, बुधवार

 

यस सुन्दर संसारमा हामीलाई ल्याउने काम हाम्रो आमाले गर्नुहुन्छ। आमाले हामीलाई जन्माई हुर्काउनुहुन्छ। आमाले हामीलाई हिँड्न र बोल्न पनि सिकाउनुहुन्छ। भगवान् विश्वका हरेक घरमा जान नपाएर उहाँले हरेक घरमा आमालाई पठाउनुभयो। आफ्नो शीतल छायामा आमा हामीलाई  ज्ञानगुणका कुराहरु सिकाई हामीलाई योग्य र सफल व्यक्ति बनाईदिनुहुन्छ।

आमा आफ्नो अमूल्य समय र सम्पूर्ण कामहरु त्यागेर हाम्रो हितको बारेमा सोच्नुहुन्छ। आफू खाना नखाएपनि आमा हामीलाई खाना जसरी पनि खुवाउनुहुन्छ। आमाको त्याग निकै महान् हुन्छ। दुःखकष्ट वा कुनै समस्या पर्दा आमा हाम्रो हौसला बढाई हामीलाई त्यस समस्याबाट निस्कन प्रेरणा दिनुहुन्छ। हाम्रो नेत्रमा आँसु देखे आमाको चित्त दुःख्छ भने हाम्रो मुखमा मुस्कान देख्दा आमा खुसी हुनुहुन्छ। हाम्रो खुसीमा नै आमाको खुसी रहेको हुन्छ। हामीलाई ज्वरो वा कुनै रोग लाग्दा आमा नै हाम्रो हेरचाह गर्नुहुन्छ। हामी सन्तानको लागि आमा हाम्रो छाता जस्तै हुनुहुन्छ। जसरी छाताले हामीलाई घाम र पानीबाट जोगाउँछ,आमाले पनि हामीलाई दुरघट्नाहरुबाट जोगाउनुहुन्छ। जीवनमा आमा हाम्रो मार्गदर्शक बनी हामीलाई सही मार्गमा हिँडी असल कर्म गर्न प्रेरणा दिनुहुन्छ।

हामी सन्तानलाई आमाको महत्त्व बुझ्नुपर्छ र आमाको भावनाको कदर गरी आमाको सम्मान  गर्नुपर्छ। सफा मनले हामीले आमाको सेवा गर्नुपर्छ। आमा भनेकै भगवान् हुनुहुन्छ र मार्गदर्शक बनी हाम्रो सुख र दुःखमा आमा नै हाम्रो सात दिनुखुन्छ। आमाको महिमा साच्चिकै अपरम्पार छ।

नामः सिद्यान्त यादव

कक्षाः छ

बूढानीलकण्ठ स्कूल,

नारायणस्थान, काठमाडौँ  नेपाल

 

 

Top