राष्ट्रपतिले प्रमाणित गरेसँगै नेपालकाे नयाँ नक्साले पायो संवैधानिक मान्यता
४ असार, काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ...बाँकी
मेलम्चीको पानी परीक्षण असारमै
काठमाडौं । खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताएकी हुन् । उनले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराइन् । पानीको वितरण...बाँकी
अब यन्त्रले जमीन नापिन्छ फिताले हाेइन ः मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब फिताले नभएर यन्त्रले जमिनको नापनक्सा गर्ने सिस्टमको विकास गरिएको बताएकी छन्। मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको बुधबार राष्ट्रियसभामा जवाफ दिँदै मन्त्री अर्यालले नाप नक्साको क्षेत्रमा अब फिताले नभएर यन्त्रले नाप्ने प्रविधिको विकास गरिएको बताइन्। विगतको त्रुटीपूर्ण नापनक्साका...बाँकी
व्यवसायीले घरभाडा छुट पाउने हो कि होइन ? ः सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्याे
३ असार, काठमाडौं । लकडाउन अवधिको घरभाडा छुट पाउने हो कि होइन भन्ने निधो गर्न माग गर्दै व्यवसायीले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । बुधबार न्यायाधीश हरिकृष्ण कार्कीले लकडाउनको अवधिको नोक्सानी व्यवसायी एक्लैले व्यहोर्ने वा घरधनी र सरकारले पनि साझेदारी गर्नुपर्ने भन्ने...बाँकी
भाडामा बस्नेसँग घरधनीले मनलाग्दी विद्युत महसुल नउठाउन आयोगको निर्देशन
३ असार, काठमाडौं । विद्युत् नियमन आयोगले घरधनीहरूलाई भाडामा बस्नेसँग खपतका आधारमा तय भएको बिलको अधिकतम दरभन्दा बढी महसुल नउठाउने व्यवस्था गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । नयाँ महसुल जारी गर्दै आयोगले भाडामा बस्नेसँग मनलाग्दी तबरले बिजुलीको शुल्क नअसुल्ने गरी निर्देशन दिन भनेको छ। ‘घरबाहलमा बस्नेलाई...बाँकी
चिनियाँ सेनासँगको भिडन्तमा मर्ने भारतीय सैनिकको सङ्ख्या २० पुग्यो
लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ। वक्तव्यमा भनिएको छ: भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष विराम भएको छ, जहाँ दुवै...बाँकी
कोरोना भाइरस: जीवन रक्षा गर्ने औषधि भेटियो
एउटा सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्। कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धी मानिएको छ। यसले भेन्टीलेटरमा राखिएका बिरामी आठमा एक जना र अक्सिजन दिइएका...बाँकी
बालबालिकालाइ सिर्जनशील बनाऔ
बालबालिकाहरु साथीहरूसँग लामो समयसम्म भेटघाट गर्न नपाउनु तथा प्रौढ व्यक्तिसँग मात्र लामो समयसम्म बस्नुपरेकाले उनीहरूले आफ्नो भावना र अनुभूति बुझ्न सक्ने व्यक्तिको अभाव महसुस गर्न सक्छन् । इन्टरनेटको पहुँच हुनेहरूले इन्टरनेटमा हेर्न हुने नहुने सबै किसिमका साइटहरू हेर्दा उनीहरूको मस्तिष्कीय रसायनको संरचनामा समेत असन्तुलन बढ्दै जादा बालबालिका डिसअर्डर’को...बाँकी
पाल्पामा थप १० जनामा कोरोना पुष्टि
२ असार, काठमाडौं । पाल्पा जिल्लामा आज मात्रै थप १० जना व्यक्तिमा कोरोना संक्रमित थपिएका छन् । जिल्लाको पूर्वी भूभागमा पर्ने पूर्वखोलाका वडा नं १, २, ३ र ४ नं वडाका पुरुषमा संक्रमण देखापरेको हो । प्रदेश नं ५ को प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १० जनामा थप...बाँकी
रियल मड्रिडको शानदार जित, आइबर ३–१ ले पराजित
स्पेन, १ असार । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । उसले आइबरलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । गएराति आफ्नो अस्थायी घरेलु मैदानमा भएको खेलमा रियललाई विजयी गराउन टोनी क्रज, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरेका हुन् । आइबारका पेड्रो बिगासले...बाँकी










