बालसिर्जना संवाददाता १३ असार २०७७, शनिवार

 

न जानेको केही छैन
जानेको केही छैन
बुज्रुक मात्र होइन
उप बुज्रुक छ ।
सबै रोगको निदान गर्छ
सबै रोगको उपचार गर्छ
नजानेको केही छैन
जानेको केही छैन ।
एलोपेथी, होमियोपेथी आयुर्वेद जान्दछ
चिना हेर्छ, घर सर्ने साइत हेर्छ
नजानेको केही छैन
जानेको केही छैन ।
व्यायाम सिकाउँछ
योग गराउँछ
नजानेको केही छैन
जानेको केही छैन ।
सरकारी औषधि बाहिर बाहिरै बेच्छ
मनगडन्ते औषधिको सिफारिस गर्छ
नजानेको केही छैन
जानेको केही छैन ।
चिरफार सबै गर्छ
मलम पट्टि सबै गर्छ
नाजनेको केही छैन
जानेको केही छैन
अध्ययन केहीको छैन
शास्त्रार्थ गर्नसम्म भ्याउँछ
नजानेको केही छैन
जानेको केही छैन ।
आफैं बिरामी छ बिरामी उपचार के गर्छ
आफैं लरबराएको छ लडेकालाई के उठाउँछ
देशको उपचारै चौकीको कम्पाउण्डरले चलेको छ
देश निरोगीको बदला बिरामी बनेको छ ।


(लेखक ः तेजविनाेद पाेखरेल)

Top