बालसिर्जना संवाददाता १४ असार २०७७, आइतवार

 

 

ए कोरोना भन तिमी किन आएको यहाँ

भेट्न पाएनौं आफन्त गर्न दिएनौ दायाँ बायाँ ।

 

तिमीले भ्रमण गरीसक्यौ दुइसय बढी देशमा

बिरामी पार्न हिँड्यौ सबलार्इ नदेखिने भेषमा ।

 

पहिले हामी जाने गर्थ्यौं काँधमा बोकी झोला

हाम्रो गल्ती के थियो र किन सताएको होला ।

 

लुकामारी खेल्ने गर्थ्यौं साथीभाइ सँग

तिमी आइ खोस्यौ हाम्रो खुशी र उमंग ।

 

तिम्रो कारण मान्छे देख्दा हामी तर्कन्छौं

नआउने गरी कोरोना तिमी कहिले फर्कन्छौ ।

 

लुकी लुकी सक्यौ तिमीले मुलुकको धन

के खोजेको तिमीले आखिर हामीलार्इ भन ।

 

भन तिमी कोरोना यहाँ किन आएको

देखेनौ र हामीले धेरै दु:ख पाएको ।

रुविआ पराजुली

कक्षा ६

बुढानिलकण्ठ स्कुल, काठमाण्डौ

Top