सर्वाेच्चको आदेश ; साउन २० गतेसम्म कुनै कर नउठाउ

बालसिर्जना संवाददाता १ असार २०७७, सोमवार

सर्वाेच्चको आदेश ; साउन २० गतेसम्म कुनै कर नउठाउ

सरकारलाई आगामी आर्थिक वर्ष ०७७/०७८ को साउन २० गतेसम्म कर नलिन सर्वाेच्च अदालतले आदेश दिएको छ । मुलुकका अधिकांस उद्योग, व्यापार, व्यवसाय लकडाउनका कारण बन्द भएको भएपछि कर तिर्ने अवधी सार्नू पर्ने भन्दै अधिवक्ता सिर्जना अधिकारीलयायतले अर्थ मन्त्रालयलाई विपक्षि बनाई दर्ता गरेको रिटमा सोमबार सर्वाेच्च अदालतले निर्णय गरेको...बाँकी

नेपालको मुद्दालाई गम्भीररुपमा नलिनु भारतको कमजोरी : करण सिंह

बालसिर्जना संवाददाता १ असार २०७७, सोमवार

नेपालको मुद्दालाई गम्भीररुपमा नलिनु भारतको कमजोरी : करण सिंह

१ असार । कांग्रेस आईका नेता करण सिंहले सीमा विवादमा नेपालले उठाएको मुद्दालाई गम्भीररुपमा नलिनु भारत सरकारको गम्भीर कूटनीतिक कमजोरी भएको बताएका छन् । साथै उनले नयाँ नक्सा जारी गरेर संविधान संशोधन गर्ने कदमको असर नेपालको पक्षमा नहुने चिन्ता व्यक्त गरेका छन् । सोमबार नेता करण सिंहले वक्तव्य...बाँकी

चर्चित भारतीय अभिनेता सुशान्त सिंहले गरे आत्महत्या

इन्डिया टुडेबाट ३२ जेठ २०७७, आइतवार

चर्चित भारतीय अभिनेता सुशान्त सिंहले गरे आत्महत्या

चर्चित भारतीय अभिनेता सुशान्त सिंहले आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमहरुले बताए अनुसार ३४ बर्षिय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । इन्डिया टुडेका अनुसार सुशान्त लकडाउन यता घरमा एक्लै बसेका थिए । उनको पोस्टमार्टम रिर्पोट आउन बाँकी छ । ‘कोई पो चे’बाट बलिउडमा डेब्यु...बाँकी

भोलि १ गतेदेखि रेडियो/टिभीबाट पढाइ

बालसिर्जना संवाददाता ३२ जेठ २०७७, आइतवार

भोलि १ गतेदेखि रेडियो/टिभीबाट पढाइ

सरकारले सोमबार (भोलि) देखि विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन सुरू गर्दैछ। शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखा सानोठिमी भक्तपुरका अनुसार टिभी, रेडियो, इन्टरनेट, एफएमलगायतबाट पठनपाठन सुरू गर्न लागिएको हो। कोरोनाभाइरस महामारी रहेको, दिनहुँ संक्रमित संख्या वृद्धि भइरहेको र विद्यालयमा क्वारेन्टिन रहेकोले तत्कालका लागि...बाँकी

अकस्मात नेकपा सचिवालय बैठक स्थगित

बालसिर्जना संवाददाता ३२ जेठ २०७७, आइतवार

अकस्मात नेकपा सचिवालय बैठक स्थगित

३२ जेठ, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि स्थगित भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न आइतबार अपराह्न ४ बजे बैठक बोलाइएको थियो । तर अन्तिम समयमा स्थगित भएको हो । तोकिएको समय भन्दा एक घण्टाअघि मात्र बैठक स्थगितको...बाँकी

साहिद अफ्रिदीमा पनि कोरोनाभाइरस

‍एजेन्सी ३२ जेठ २०७७, आइतवार

साहिद अफ्रिदीमा पनि कोरोनाभाइरस

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउन्डर साहिद अफ्रिदीमा पनि कोरोनाभाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएको छ । अफ्रिदीले शनिबार आफू संक्रमित भएको पुष्टि गरेका हुन् । ‘म गत बिहीबारदेखि राम्रो महसुस गरिरहेको थिइनँ । मेरो शरीरले खराब प्रतिक्रिया देखाएको थियो र मैले परीक्षण गरेँ । दुर्भाग्य ममा कोरोना पोजेटिभ देखियो,’...बाँकी

स्याङजामा जिप दुर्घटना

बालसिर्जना संवाददाता ३१ जेठ २०७७, शनिवार

स्याङजामा जिप दुर्घटना

स्याङजा । जिप दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ । भिरकोट नगरपालिका– ५ मा आज जिप दुर्घटना हुँदा भिरकोट– ५ की १५ वर्षीया दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो तिलाहार नेटास्थित कच्ची सडकखण्ड पकानफाँटबाट नेटातर्फ जाँदै गरेको ग२च २३७३ नंको जिप उकालो बाटोमा दुर्घटनामा...बाँकी

संविधान संशोधन विधेयक सर्वसम्मत पास

बालसिर्जना संवाददाता ३१ जेठ २०७७, शनिवार

संविधान संशोधन विधेयक सर्वसम्मत पास

३१ जेठ, काठमाडौं । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । संसद बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान...बाँकी

प्रेस काउन्सिल नेपालद्वारा निर्देशिका जारी

बालसिर्जना संवाददाता १३ चैत २०७६, बिहीवार

प्रेस काउन्सिल नेपालद्वारा निर्देशिका जारी

प्रेस काउन्सिल नेपालद्वारा पत्रकार र सञ्चारमाध्यमका लागि जारी निर्देशिका, २०७६ विश्वब्यापीरुपमा महामारीको रुप लिएको नोबेल कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा सञ्चारमाध्यम र पत्रकारलाई तुरून्तै लागू हुने गरी प्रेस काउन्सिल ऐन, २०४८ दफा ७ को खण्ड (ख) द्वारा...बाँकी

भेषजराज साहित्य प्रतिष्ठानद्वारा पुरस्कार एवम् सम्मान अर्पण

बालसिर्जना स्याङ्जा संवाददाता, श्यामप्रसाद ढुङ्गाना २१ कात्तिक २०७६, बिहीवार

भेषजराज साहित्य प्रतिष्ठानद्वारा पुरस्कार एवम् सम्मान अर्पण

स्याङजाको वालिङमा स्थापित भेषजराज साहित्य प्रतिष्ठानले साहित्यकार मित्रलाल पंज्ञानी र चिन्तु गिरीलाई पुरस्कार तथा सम्मान अर्पण गरेको छ । यही २०७६ कार्तिक १६ गते शनिबार वालिङ नगरपालिकाको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय...बाँकी

Top