मन छ
थाकेको तिम्रो काँधको भार, बोकिदिने मन छ । शरीरभरी लागेका घाउमा मलम दलिदिने मन छ ।। सपनाको तिम्रो भारी गन्तव्यमा,पु¥याइदिने मन छ । हो बुबा, मलाई तिम्रा फाटेका जुत्ता फेरिदिने मन छ ।। सङ्घर्ष मै बितेका तिम्रा दिनलाई आराम दिने मन छ । वर्षौंदेखि भोको तिम्रो पेटलाई,...बाँकी
जुरेलीको बचेरो
जुरेलीको बचेरो आँगन छेउँ आएको झिल्के चुल्ठो जन्मँदै कसोरी हो पाएको ? भ्यागुतोझैँ उफ्रन्छ भुर्रभुर्र गरेर निम्तो गर्यो मलाई खेल्न आऊ भनेर । समातेर घरमा साथी बनाई राख्नलाई गएँ नजिक उसको ल्याउँछु भनी समाई । माउ रैछ नजिकै झुक्याउन सिपालु मेरै अघि आएर सुतिदियो सत्रङ्गै । अघि बढेँ...बाँकी
स्याङजामा परिवार नै पहिरोमा पुरियो
अविरल वर्षासँगैको पहिरोले स्याङजाको वालिङ १४ स्थित माया नेपालीको घर पुरिदाँ एकै परिवार ५ जनाको निधन भएको छ। पाँचजना अझै वेपत्ता छन्। उनीहरुको खोजीकार्य भइरहेको छ। १ जना बालिकाको भने उद्दार गरी वालिङस्थित स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पोखरा ल्याउने तयारी गरिएको स्थानीयबासीले जनाएका छन्। घरभन्दा माथिबाट झरेको पहिरोले...बाँकी
कक्षा ११ काे अनिवार्य नेपालीकाे पुस्तक अब अनलाइनमा
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ काे अनिवार्य नेपाली विषयकाे परिवर्तित नयाँ पाठ्यपुस्तक प्रकाशित गरेकाे छ । बन्दाबन्दीका कारण सबै विद्यार्थीकाे पहुँचमा पुस्तक पुग्न नसकेका कारण अनलाइन मार्फत पढ्न मिल्ने गरी पुस्तक सार्वजनिक भएकाे हाे । याे पुस्तककाे PDF डाउनलाेड गरी पढ्न...बाँकी
२०७६ काे मदन पुरस्कार र जगदम्बा श्री सम्मानकाे घाेषणा
२०७७ असाेज ४ गते बसेकाे मदन पुरस्कार गुठीकाे साधारण सभाले २०७६ काे जगदम्बा श्री पुरस्कार श्री शान्ति ठटाललाइ अर्पण गर्ने घाेषणा गरेकाे छ भने २०७६ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट महारानी उपन्यासका लागि श्री चन्द्रप्रकाश बानियाँ लाइ अर्पण गर्ने निर्णय गरेकाे छ । वि स २०१२ सालमा स्थापित भएकाे मदन...बाँकी
आमा
जुन सङ्घर्षमा लड्यांै तिमी अविचलित भई सुन्दर संसार देखायौ जन्माई आफ्नो कोख फोरी ओठमा हाँसो सजायौ पलपलमा आफूभित्र रोई जुन आँसुको झरी थेग्यौ मलाई ममता खन्याई । जुन अँध्यारोलाई जित्यौ सन्तानको उज्यालो बोकी अड्चनहरुका चड्कन सह्यौै मेरो निम्ति लडी संसार डुलायौ तिमीले महान् काखमा राखी जुन ममतामा फुलायौ...बाँकी
कोरोनाको कहर
कोरोनाको कहर खोस्यो सारा रहर मानिस सबै बिचरा हुँदै गए निराश । हामी यता बन्दी छौँ अरु उतै बन्दी छन् स्कुलका ढोकामा खिया लागि सकेछन् । लेख्ने पढ्ने रहर कापी किताब मक्किए गुरु चेला नभेटी टाढा कता अड्किए । संसार नै त्रासमा लुक्नु पर्ने बासमा हामी खेल्ने चहुर...बाँकी
गोपालप्रसाद रिमाल र ‘तिमी को ?’ कविता
गोपालप्रसाद रिमालको परिचय गोपालप्रसाद रिमालको जन्म वि. सं. १९७५ जेठ १८ गते लगनटोल, काठमाडौँमा भएको हो । यिनले आई. ए. सम्मको औपचारिक शिक्षा लिएका थिए । यिनले जुद्धोदय पब्लिक स्कूलको संस्थापक र अध्यापन (१९९७), अमिनीमा लप्टन (१९९७), भाषानुवाद परिषद्को लेखक (२०००), शारदाका सम्पादक (२००३) तथा गौरी शङ्कर नाट्य...बाँकी
आख्यानकार पारिजातको पर्खालभित्र र बाहिर उपन्यासको विश्लेषण
पारिजातको परिचय आख्यानकार पारिजातको वास्तविक नाम विष्णुकुमारी वाइबा हो । उनको जन्म वि. सं. १९९४ साल वैशाखमा लिगिंया चियाकमान, दार्जिलिङमा भएको हो । प्रारम्भिक शिक्षा दार्जिलिङमा लिएकी पारिजात २०११ सालमा नेपाल प्रवेश गरेकी हुन् । उनले एम. ए. (अधुरो) सम्मको शिक्षा लिएकी थिइन् । २०१३ सालमा ‘धरती’ मा...बाँकी
निबन्धकार रुद्र खरेल र ‘तोरीलाहुरे चोकमा एक छिन’ निबन्ध
निबन्धकार रुद्र खरेल ः जीवनी र योगदान जीवनीका प्रमुख प्रसङ्ग नेपालको सुदूर–पूर्वी जिल्ला पाँचथरको च्याङथापुस्थित फलैंचा भन्ने गाउँमा वि.संं २००४ भदौ १८ गते रुद्र खरेलको जन्म भएको थियो । पिता देवीचरण खरेल र माता ‘भक्ति’ भनिने राममाया कडरियाका तीन छोरी र तीन छोरा गरी जम्मा छजना सन्तानमध्ये उनी...बाँकी





